त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ट्याक्सीवे’को निर्माण सम्पन्न
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ट्याक्सीवे’हरूको निर्माण सम्पन्न भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न गरिएको नयाँ समानान्तर ट्याक्सीवे “P” तथा रनवे २० तर्फका ट्याक्सीवे “S” र “T” कोआज बिहान एक विशेष समारोहकाबीच सञ्चालन शुभारम्भ गरिएको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव श्री मुकुन्द निरौला तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक श्री मुकेश डंगोलद्वारा संयुक्त रूपमा उक्त ट्याक्सीवेहरूको उद्घाटन गरिएको छ। नयाँ ट्याक्सीवे प्रणाली सञ्चालनमा आएपछि विमानको ग्राउण्ड मुभमेन्ट थप व्यवस्थित, सुरक्षित तथा प्रभावकारी हुने अपेक्षा गरिएको हो। यसबाट रनवे अकुपेन्सी समय घट्नुका साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन क्षमता अभिवृद्धि हुने विश्वास लिइएको छ।
उक्त परियोजना हवाई यातायात क्षमता अभिवृद्धि आयोजना अन्तर्गत निर्माण गरिएको हो। कार्यक्रममा मन्त्रालय, प्राधिकरण, विमानस्थल कार्यालय, एयरलाइन्स तथा परियोजनासँग सम्बन्धित विभिन्न निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस