दुई दर्जन भिजिलान्ते परिचालन गरेर ग्लोबल फन्डको निर्वाचन 


काठमाडौं । ग्लोबल फन्ड मार्फत सुरु हुने एचआईभी, क्षयरोग र टीबीका नयाँ कार्यक्रम २०२४ देखि २०२७ सम्म सञ्चालन हुँदैछ । गत फेब्रुअरी ५ मा अन्तिम पटक पीआरका लागि सरकारले पठाएको प्रपोजल समेत विधि र प्रक्रिया नमानेको भन्दै ग्लोबल फन्डले फिर्ता गरेको थियो । पटक पटकका प्रपोजल फिर्ता पठाएपछि सरकार पीआर बन्ने अडानबाट पछि हटेको हो । तर, स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले जसरी पनि सेभबाट पीआर खोस्न स्वास्थ्यका उच्च अधिकारीलाई निर्देशन दिएका थिए । यसका लागि आफ्ना क्षेत्रका भिजिलान्ते समेत उतारेको स्वास्थ्यका अधिकारीहरू बताउँछन् ।

सेभबाट ग्लोबल फन्ड खोस्नुको एक मात्रै कारण काङ्ग्रेस नेता गगन थापाकी श्रीमती सेभ द चिल्ड्रेनमा काम गर्नु हो । गगन थापाको छायाँ पर्दा मन्त्री बस्नेतको सातो जाने गरेको छ । त्यसैले बस्नेत गगन र शेखर कोइरालाको छायाँ पर्ने हरेक वस्तु वा मान्छे सुख्खा ठाउँमा लगेर राख्ने गर्छन् । त्यसकै असर अहिलेको ग्लोबल फन्ड हो ।

पीआर हुने विषयमा सरकार र ग्लोबल फन्ड बीच आपसी असहमतिका बावजुत सहमति खोज्न गत १४ फागुनमा नयाँ पीआर को बन्ने भन्ने विषयको टुंगो लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बैठक बसको थियो । विगतमा गरेका काम कारबाहीको हिसाबले एक नम्बरमा सेभ थियो भने, दोस्रोमा युएनडिपी थियो । यी दुई मध्ये एक पीआर हुने निश्चित थियो । तर, मन्त्री बस्नेतको सेभ हुनै हुन्न भन्ने उर्दी र चेतावनीका बिच सीसीएम अध्यक्ष डा रोशन पोखरेललाई युएनडिपी छान्नुको विकल्प थिएन । सेभ द चिल्ड्रेन कुनै हालतमा पीआर छानिए पोखरेल माथि नै ज्यानको खतरा थियो ।

यसरी सुरु हुन्छ खेल 

ग्लोबल फन्ड विशुद्ध एउटा अनुदान हो । यो कुनै राजनीति, आग्रह र पूर्वाग्रही कार्यक्रम हैन । तर, मोहन बस्नेतले नेपालमा यो कार्यक्रमलाई राजनीतिक रङ्ग दिए । राजनीतिक तनाव र दबावका बीच १४ गते दिउसो १ बजेबाट सीसीएम बैठक सुरु भयो । पीआर कसलाई दिने भन्ने विषयको टुंगो मतदानका माध्यमबाट सीसीएमले लगाउँछ । सीसीएममा विभिन्न क्षेत्रका १७ जना सदस्य रहने व्यवस्था छ ।

बैठकमा १५ जना सदस्य उपस्थित थिए । बैठक सुरु हुनु भन्दा अगाडि समितिका केही व्यक्तिहरूलाई मन्त्री बस्नेतले कार्यकक्षमा भेटेर सेभ बाट बाहिर ल्याउन सहयोगको अपिल गरेका थिए । जब मन्त्रालयको हलमा नयाँ पीआर छान्ने विषयमा छलफल सुरु भयो । मन्त्री बस्नेतले दुई दर्जन तन्नेरी केटाहरू मन्त्रालय हुलेका थिए । अधिकारीहरू भन्छन्, सेभले पीआर पाउने अवस्था आएको खण्डमा त्यसलाई बिथोल्न र कर्मचारी, सीसीएम सदस्य समेतलाई आक्रमण गर्ने उद्देश्यले ति केटाहरूलाई भित्र प्रवेश गराइएको थियो ।

बैठकमा पीआर छान्ने विषयमा व्यापक विवाद भएको थियो । कतिपयले सेभ द चिल्ड्रेनलाई निरन्तरता दिन आग्रह गरेका थिए भने, कतिपयले यूएनडिपीलाई दिएर अगाडि बढ्न भनेका थिए । यही बिचमा अच्युत सिटौलाले लुगा खोलेर हलमा हङ्गामा गरेको सदस्यहरू बताउँछन् । हल भित्र लफडा भएपछि सीसीएम सदस्यलाई डर र त्रासको वातावरण बनाउँन बस्नेतले केही गुण्डा केटाहरू हलमा प्रवेश गराएका थिए ।

अनावश्यक मान्छे सीसीएमको बैठक हलमा कसरी प्रवेश पायो ? यो एउटा सोच्ने विषय हो । दातृ निकायको बजेटमा गुण्डा लगाउने हो रु यसमा अन्तराष्ट्रिय समुदायले समेत ध्यान दिनुपर्छ । हलमा प्रवेश गरेर उनीहरूले बैठक अझै सकिएन रु हाम्रो मिटिङ गर्नु छ, तुरुन्त सक्नु भन्दै धम्की दिएको अधिकारीहरू बताउँछन् । यही बिचमा स्वास्थ्य सचिव डा रोशन पोखरेललाई मन्त्री बस्नेतले बाहिर बोलाएका थिए । बाहिर निस्कनु अगाडि सम्म एक हप्ता सारेर सहमतिमै जाने तयारी गरेका सीसीएम सदस्यहरूले सचिव हल भित्र प्रवेश गरेपछि तुरुन्त मतदानबाट पीआर छानौँ भनेर प्रस्ताव गरेका थिए । उनले प्रस्ताव मात्रै गरेनन् मतदानको प्रक्रिया थालनी गराए । यस बीचमा अच्युत सिटौला, खगेन्द्र खड्काहरू बहिष्कार गरेर निस्किएका थिए ।

मन्त्रीको नजरबन्दमा परेका सचिवले मतदान गराई छाडे । उनमा अर्को विकल्प थिएन । निर्देशन बाहिर गए आक्रमण गर्न मन्त्रालय परिसर भरी भिजिलान्ते तैनाथ पारिएको थियो । उक्त निर्वाचनमा १७ जना सदस्य रहेका मध्ये २ जना बिचमै निस्किएका थिए । १३ जना मध्ये ११ जनाले युएनडिपी रोजेका थिए ।  जेहोस् पीआर जो भए पनि जनताका लागि काम गर्ने हो । तर, नेपालमा पीआर पाउन र पीआर नदिन जुन किसिमको ताण्डव मन्त्रीले देखाए त्यो दुनियाँमै नौलो र नयाँ हो । यसले नेपाललाई अनुदान दिने हरेक दाताको मनमा चोट पुर्याएको छ ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : ##Global Found

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com