अख्तियार र प्रधानमन्त्रीको दोहोरो चेपुवामा स्वास्थ्यमन्त्री बस्नेत


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत अख्तियार र प्रधानमन्त्रीको दोहोरो चेपुवामा परेका छन् । टेरामक्स प्रविधि खरिद घोटालामा उनीमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको अभियोगपत्र दर्ता गर्ने अन्तिम तयारी थालेको छ । अख्तियार उच्च स्रोतका अनुसार १/२ दिनभित्रै स्वास्थ्यमन्त्री बस्नेतमाथि भ्रष्टाचार मुद्दा दायर हुने सम्भावना बढेको छ ।

स्रोतका अनुसार टेरामक्स प्रविधि खरिदको सूत्रधार नै तत्कालीन सञ्चारमन्त्री बस्नेत रहेकाले उनलाई छुटाएर अभियोगपत्र दायर हुने अवस्था छैन । मुद्दा बलियो बनाउनका लागि पनि नेपाल दूरसञ्चार प्राधिकरणबाट माग नै नभएको टेरामक्स प्रविधि टिप्पणी आदेशमा छिराउने स्वास्थ्यमन्त्री बस्नेतलाई भ्रष्टाचार मुद्दा लाग्ने उच्च सम्भावना रहेको स्रोतको दाबी छ ।

यता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि स्वास्थ्य बस्नेतलाई हटाउने तयारी थालेका छन् । सुशासनको कदम चालिरहेका प्रधानमन्त्री दाहालले आफ्नै सारथि स्वास्थ्यमन्त्री बस्नेत अख्तियारमा पुगेर बयान दिएपछि हटाउने मनस्थिति बनाएको बुझिन्छ । उनले स्वास्थ्यमन्त्री हटाउने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवालाई समेत जानकारी गराइसकेको बालुवाटार स्रोतको भनाइ छ ।

स्वास्थ्यमन्त्री कै कारण सरकारमाथि संसदबाट दबाब सिर्जना भएको छ । सोमबार संसद्‌मा जवाफ दिनु अगाडि नै स्वास्थ्यसहित धेरै मन्त्री हट्ने प्रधानमन्त्री दाहाल निकट उच्च स्रोतको दाबी छ । स्वास्थ्यमन्त्री बस्नेतमाथि अख्तियारले पहिला अभियोग दर्ता गर्छ की प्रधानमन्त्री दाहालले पहिला हटाउछन् हेर्न बाँकी छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #टेरामक्स, #स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com