‘नालायक’ स्वास्थ्यमन्त्री मोहन बस्नेतलाई प्रधानमन्त्री प्रचण्डले ‘घोक्रे ठ्याक’ लगाए


काठमाडौं । अहिलेसम्म कै नालायक र अराजक भनेर परिचित स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘घोक्रे ठ्याक’ लगाएका छन् । टेरामक्स प्रविधि घोटालामा मुछिएका स्वास्थ्यमन्त्री बस्नेतलाई प्रधानमन्त्री प्रचण्डले ‘घोक्रे ठ्याक’ लगाएका हुन् ।

झण्डावाल गाडीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगेर बयान दिएका स्वास्थ्यमन्त्री बस्नेत पछिल्लो समय निकै अराजक बन्दै गएका थिए । उनी सञ्चार माध्यमप्रति निकै कठोर देखिन्थे । अख्तियारमा पुगेर बयान दिएपछि नैतिकताका आधारमा राजीनामा दिन छाडेर स्वास्थ्यमन्त्री बस्नेत अराजक बन्न थालेका थिए । उनै नालायक स्वास्थ्यमन्त्री बस्नेतलाई प्रधानमन्त्री प्रचण्डले ‘घोक्रे ठ्याक’ लगाएका छन् । अब उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ‘घोक्रे ठ्याक’ लगाउँन बाँकी छ ।

मोहन बस्नेत जस्तो नालायक र अराजक मन्त्री नदेखेको स्वास्थ्यका कर्मचारीहरु टिप्पणी गर्छन् । स्वास्थ्यमा अब उनको आतंक बन्द हुनेछ । आजबाट उनी स्वास्थ्य मन्त्रालयमा देखिने छैनन् ।

क्याटेगोरी : समाचार
ट्याग : #टेरामक्स, #मोहन बहादुर बस्नेत, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com