टेरामक्समा मुछिएका स्वास्थ्यमन्त्री गए, मुख्यसचिव नियमित काममै आए


काठमाडौं । टेरामक्स प्रविधि घोटालामा मुछिएका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत सोमबार घर गएका छन् । सत्ता गठबन्धन भत्किएसँगै स्वास्थ्यमन्त्री बस्नेत घर जान बाध्य भएका हुन् । तर, टेरामक्स प्रविधि घोटालामा मुछिएका मुख्यसचिव डा. बैकुण्ठप्रसाद अर्याल भने नियमित काममै रहेको पाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एक सचिवका अनुसार मुख्यसचिव डा. अर्याल आज कार्यालय आएर हाजिर गरेका छन् । हिजो बिदामा बस्ने हल्ला चलाइए पनि आज कार्यालय आएर उनले हाजिर गरेका हुन् ।

मुख्यसचिव डा. बैकुण्ठप्रसाद अर्याललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ठाडो चुनौती दिएको चर्चा थियो । प्रधानमन्त्री प्रचण्डले बिदामा बस्न दिएको निर्देशनलाई चुनौती दिँदै उनले आफू बिदामा नबस्ने जवाफ दिएका थिए । मुख्यसचिव डा. अर्याल सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हाजिर हुनुले त्यसलाई पुष्टि गरेको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #टेरामक्स, #पूर्वस्वास्थ्यमन्त्री, #मुख्यसचिव डा. बैकुण्ठप्रसाद अर्याल, #मोहनबहादुर बस्नेत

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com