बालेनले गोजी भर्न खोजेको संकेत गरेका नयाँ मन्त्री को हुन् ?


काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार पुनर्गठन भएसँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको फेसबुक स्टाट्सले तरंग ल्याएको छ । फेसबुक स्टाट्सका कारण बेला-बेलामा चर्चा छाइरहेका बालेन पछिल्लो समय पनि ‘हिट’ भएका छन् ।

नयाँ मन्त्रीले पुरानो फाइल खोलेको र कम समयमा हिसाब किताब गोजी भनेर निसक्नु पर्ने कुरा जोडेर बालेनले सामाजिक सञ्चालन फेसबुकमा लेखेपछि अहिले तहल्का मच्चिएको छ । धेरैले गृहमन्त्री रवि लामिछाने लक्षित बालेनको स्टाट्स भएको लख काटेका छन् ।

बालेनले लेखेका छन्,  ‘नयाँ मन्त्रीज्यूहरूले सबै पुरानो फाइल खोल्दै हुनुहुन्छ रे , टाईम कम छ , हिसाब किताब गरेर , गोजी भरेर निस्किनु पर्ने छ रे !

सरकार जती दिन टिक्छ!!

स्वास्थ्य मन्त्रालयमा भएको एउटा भाई डाक्टरसाबको कुरा!

मैले सुनेको कुरा गलत होस !

म आशावादी छु सरकार प्रती !’,

यहाँ नयाँ मन्त्रीज्यूहरूले सबै पुरानो फाइल खोल्दै हुनुहुन्छ रे भन्ने बालेनको स्टाट्स गृहमन्त्री रविप्रति लक्षित छ भनेर आरोप लाग्नुको पछाडि रविले चालेका पछिल्लो कदम हो । उनले पुराना फाइल खोल्न निर्देशन दिएर गृह प्रशासनलाई चलायमान बनाएका छन् । फेरि स्वास्थ्य मन्त्रालयमा भएको एउटा भाइ डाक्टरसाबको कुरा भनेर उनले त्यसलाई अर्को शंका गर्ने ठाउँ दिएका छन् । त्यसले उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव हो कि भन्ने आशंका गर्ने ठाउँ पनि दिएको छ ।

यो कुरालाई स्वास्थ्य लाइभले थप पुष्टि गर्ने प्रयास गरेको छ । बालेन निकट स्रोतले भने उक्त स्टाट्स गृहमन्त्री रवि लामिछानेप्रति नभएको दाबी गरेको छ । स्वास्थ्य मन्त्रालयका डाक्टर भाइले पुराना खरिदका फाइल खोलेर स्वास्थ्यमन्त्रीले छोटो समयमै गोजी भर्न लागेको कुरा गरेकाले बालेनको स्टाट्स त्यसैतर्फ लक्षित रहेको दाबी छ । उनले स्वास्थ्यमा छोटो समयमा निकै गडबड हुन लागेको संकेत गरेका छन् । बालेनले संकेत गरेजस्तो स्वास्थ्यका सबै पुरानो फाइल खोलेर कम समयमा हिसाब किताब गरेर गोजी भरेर निस्किने काम हुन्छ कि हुँदैन हेर्न बाँकी छ ।

क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com