ओम्नीका कर्मचारी सुनिलले हुलाकबाट ३ लाख बुझेको खुलासा


काठमाडौं । ओम्नी ग्रुपका कर्मचारी सुनिल पौडेलले हुलाक सेवा विभागबाट ३ लाख रुपैयाँ बुझेको खुल्न आएको छ ।स्वास्थ्य लाइभको खोजीमा नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक (एमडी) सुनिलले ३ लाख रुपैयाँ बुझेको खुल्न आएको हो ।

हुलाक सेवा विभागले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाएको विवरणमा सुनिलले राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कार्यरत रहँदा ३ लाख रुपैयाँ पारिश्रमिक लिएको देखिन्छ । एउटै समयमा दुई वा बढी सरकारी कार्यालयमा परामर्शदाताको रूपमा सेवा दिने कार्य गैरकानुनी कार्य हो । सुनिलले एकै समयमा राष्ट्रिय सूचना प्रविधि केन्द्र र हुलाक सेवा विभागबाट दोहोरो पारिश्रमिक लिएको पाइन्छ ।

नेपालको राष्ट्रिय कानुन निजामती सेवा ऐन, २०४९ को दफा ४९ (क) को उपदफा (१) मा निजामती कर्मचारीले अन्यन्त्र कुनै प्रकारको नोकरी गर्न वा आर्थिक लाभ वा कुनै सुविधा प्राप्त गर्ने गरी परामर्शदाता, सल्लाहकार, विशेषज्ञ वा कुनै हैसियतले सेवा प्रदान गर्ने कार्य गर्नु हुँदैन भन्ने व्यवस्था रहेको छ । तर, सुनिलले राष्ट्रिय सूचना प्रविधि केेेन्द्रमा कार्यरत रहेेकै बखत हुलाक सेवा विभागबाट परामर्शदाताको रूपमा पारिश्रमिक लिएको देखिन्छ ।

सुनिलले हुलाक सेवा विभागबाट २ वर्षमै ३ लाख रुपैयाँ पारिश्रमिक लिएको विवरणमा उल्लेख छ । आर्थिक वर्ष २०७२/०७३ देखि २०७३/०७४ मा हुलाक सूचना केन्द्रको सपोर्ट/मेनटेनेन्स) सम्बन्धी  प्राविधिक सेवा गरेवापत दुई किस्तामा डेढ लाख रुपैयाँ बुझेको देखिन्छ । त्यस्तै आर्थिक वर्ष २०७३/०७४ मा सूचना प्राविधिसम्बन्धी परामर्श सेवा गरेवापत फेरि उनले हुलाक सेवा विभागबाट डेढ लाख बुझेको देखिन्छ । सुनिलले सूचना प्रविधि केन्द्रमा करारमा कार्यरत रहेका बेला हुलाक सेवा विभागलाई लुट्नु लुटेको पाइन्छ ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट सुरक्षण मुद्रण केन्द्रको कार्यकारी भएपछि हुलाकको सेवा विकल पौडेलबाट सुनिलमा सरेको देखिन्छ । विकलले हुलाकलाई परामर्शदाताको नाममा चुसिसकेपछि सुनिलको पालो आएको पाइन्छ । सिंगापुरस्थित ओम्नी समूहको ब्याङ्कोटेक कम्पनीको अन्तर्राष्ट्रिय परामर्शदाताको रूपमा काम गरिरहेका सुनिललाई शेरबहादुर देउवा नेतृत्वको सरकारले नेपाल टेलिकमको एमडी बनाएको थियो । कानुन नै फेरेर कांग्रेस नेतृ आरजु राणा देउवाको निर्देशनमा तत्कालीन सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र सचिव डा. बैकुण्ठप्रसाद अर्यालले सुनिललाई टेलिकमको एमडी बनाएका हुन् । उनी अहिले अकुत सम्पत्ति आर्जनको अभियोगमा अख्तियारको हिरासतमा रहेका छन् ।

 

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : #आइटी माफिया विकल पौडेल सुनिल पौडेल, #नेपाल टेलिकमका एमडी सुनिल पौडेल, #सुनिल पौडेल, #हुलाक सेवा विभाग

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com