काठमाडौं महानगरपालिकाका निलम्बित स्वास्थ्य विभाग प्रमुख पौडेलमाथि साइबर मुद्दा


काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले काठमाडौं महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख निलम्बित रामप्रसाद पौडेललाई  साइबर क्राइमको मुद्दा लागेको छ ।  मेयर बालेन शाहविरुद्ध फेसबुकमा अर्बौं पैसाको हिसाब मागेका उनलाई नेपाल प्रहरीको साइबर ब्यूरोले मुद्दा दायर गरेको हो ।

साइबर अपराधमा काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाइएका पौडेल फरार प्रतिवादी बनाइएको छ । उनलाई प्रहरीले अनुसन्धानका शिलशिलामा ब्यूरोले समातेको थिए । तर, काठमाडौं जिल्ला अदालतले म्याद थप्न जादा रिहा गर्न आदेश दिएको थियो ।  पौडेलविरुद्ध मुद्दा भने दायर भएको हो ।  

मेयर बालेनले नियुक्ति गरेका १६६ जना र निजहरुले २ वर्षमा खाएको करिब १ अर्ब फिर्ता गर्नुपर्छ भनेर लेखेका थिए । यी लगायत विषयमा उनीमाथि साइबर अपराधमा मुद्दा दायर गरिएको छ ।

बालेनको नियत नै उट्पट्याङ काम गर्ने रहेको पौडेलको भनाई छ ।

साइबर ब्यूरो प्रमुख स्रोतका अनुसार झुटा विवरण पेश गरेर नागरिकता र राहदानी लिएको आरोपमा परेको मुद्दामा काठमाडौं जिल्ला अदालतले २०७७ माघ ५ गते पौडेललाई दोषी ठहर गर्दै २५ हजार रुपैयाँ जरिवाना समेत गरेको छ । उनलाई फेरि अर्को मुद्दा लगेको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर ६ का सचिव हुँदा पनि पौडेललाई तिब्बतीलाई नागरिकता दिएको विषयमा सीआईबीले समातेको थियो ।

 

क्याटेगोरी : समाचार
ट्याग : #रामप्रसाद पौडेल, #साइबर ब्यूरो

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com