अख्तियारका पूर्वप्रमुख लोकमानसिंह कार्कीसहित ७ जनालाई भ्रष्टाचारमा कारबाही गर्न सिफारिस


काठमाडौं । शिक्षा मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्कीसहित ७ जनालाई भ्रष्टाचारमा कारबाही गर्न सिफारिस गरेको छ । बुधबार शिक्षा मन्त्रालयले अख्तियारका तत्कालीन प्रमुख आयुक्तसहित ७ जनालाई भ्रष्टाचारमा कारबाही गर्न सम्बन्धित निकायलाई लेखी पठाउने निर्णय गरेको हो ।

चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोग-२०७४’को प्रतिवेदन कार्यान्वयनमा लाने निर्णय गरेसँगै सार्वजनिक भएको छ । उक्त प्रतिवेदनले औंल्याएका व्यक्तिहरुलाई कारबाही प्रक्रिया अघि बढाउने मन्त्रालयको तयारी गरेको हो ।

शिक्षा मन्त्रालयले अख्तियारका पूर्वप्रमुख कार्कीसहित त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपतिद्वय हीराबहादुर महर्जन र तीर्थराज खनियाँलाई भ्रष्टाचारमा कारबाहीका लागि सिफारिस गरेको छ । त्यस्तै रेक्टर सुधा त्रिपाठी, रजिष्ट्रार डिल्ली उप्रेती,विश्वविद्यालयका कानूनी सल्लाहकार नारायण खनाल र मेडिकल काउन्सिलका पूर्व रजिष्ट्रार डा निलमणि उपाध्यायविरुद्ध भ्रष्टाचारमा मुद्दा चलाउन मन्त्रालयले सिफारिस गरेको हो । यो सिफारिससँगै अख्तियारका पूर्वप्रमुख आयुक्त दिप बस्नेतपछि लोकमानसिंह कार्कीमाथि पनि भ्रष्टाचार मुद्दा दायर हुने सम्भावना बढेको छ ।

विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा २०७४ बैशाख ४ गते तीन सदस्यीय चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग, २०७४ गठन गरेको थियो । डा. उपेन्द्र देवकोटा सदस्य र शिक्षा मन्त्रालयका तत्कालीन सहसचिव सूर्यप्रसाद गौतम सदस्यसचिव रहेको आयोगले दिएको प्रतिवेदनका आधारमा शिक्षा मन्त्रालयले अख्तियारका पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्कीसहित ७ जनालाई भ्रष्टाचारमा कारबाही गर्न सिफारिस हो । यो सिफारिसले निकै हलचल ल्याउने देखिन्छ ।

क्याटेगोरी : समाचार
ट्याग : #अख्तियारका पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्की, #डा. उपेन्द्र देवकोटा, #तीर्थराज खनियाँ, #त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपतिद्वय हीराबहादुर महर्जन, #विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की, #सूर्यप्रसाद गौतम

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com