बहालवाला स्वास्थ्यमन्त्रीले झण्डा हल्लाउँदै गएर अख्तियारमा बयान दिएको वर्ष


काठमाडौं । २०८० सकिएर आजबाट नयाँ  वर्ष २०८१ मा प्रवेश भएको छ । २०८१ लागे पनि २०८० साल स्वास्थ्य क्षेत्रका लागि बिर्सिनै नसक्ने वर्ष बनेको छ ।

टेरामक्स प्रविधि खरिद घोटाला काण्डमा बहालवाला स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले झण्डा हल्लाउँदै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा बयान दिएको वर्ष हो विक्रम संवत् २०८० । बहालवाला मन्त्री पहिलोपटक झण्डा हल्लाउँदै अख्तियारमा पुगेर बयान दिएपछि स्वास्थ्यमन्त्री बस्नेतले ऐतिहासिक ‘रेकर्ड’ समेत कायम गरेका छन् । स्वास्थ्यमन्त्री बस्नेत कै कारण २०८० मा स्वास्थ्य क्षेत्र निकै चर्चित बन्यो ।

स्वास्थ्य क्षेत्रमा अविभावक मन्त्रीले ‘झुण्डिएर मर्नका लागि डेरी दिन्छु’ भनेर गैरजिम्मेवार अभिव्यक्ति दिएपछि बस्नेत विवादमा आए । जस्तोसुकै विवादमा आएपनि ‘गैँडाको छाला’ बनेका स्वास्थ्यमन्त्री बस्नेतलाई २०८० सालमै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बर्खास्त गर्नुपर्ने अवस्था आयो । अर्बौं रुपैयाँ उपकरण खरिदमा समेत बस्नेतमाथि अहिले अख्तियारले छानबिन गरिरहेको छ ।

विक्रम संवत् २०८० सालमै बहालवाला स्वास्थ्यमन्त्रीसहित मुख्यसचिवले पनि अख्तियारमा बयान दिएर ‘रेकर्ड’ कायम गरेका छन् । बैकुण्ठ अर्याल नेपालको इतिहासमै पहिलोपल्ट भ्रष्टाचार मुद्दा दायर हुने मुख्यसचिव बन्ने लक्षणमा छन् । २०८१ सालको सुरुवात सँगै नेपालको राजनीतिक उथलपुथल र प्रशासनिक तहसनहसको सम्भावना बढेको छ । स्वास्थ्य क्षेत्र २०८० सालमा एकदमै यादगार रह्यो ।

क्याटेगोरी : समाचार
ट्याग : #टेरामक्स, #पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेत, #मुख्यसचिव डा. बैकुण्ठ अर्याल, #मोहनबहादुर बस्नेत

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com