भ्रष्टाचारी सुनिल पौडेलविरुद्ध अकुतमा मुद्दा चल्ने


काठमाडौं । ‘नेसनल पेमेन्ट गेटवे’ सिस्टम खरिदमा भ्रष्टाचारी ठहरिएका नेपाल टेलिकमका निलम्बित एमडी सुनिल पौडेलविरुद्ध अख्तियारले अकुत सम्पत्ति आर्जनमा मुद्दा दायर गर्न लागेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोग स्रोतका अनुसार उनीविरुद्ध अकुत सम्पत्ति आर्जनमा आईतबार विशेष अदालतमा मुद्दा दायर हुँदैछ ।

नेसनल पेमेन्ट  गेटवे सिस्टममा शुक्रबार भ्रष्टाचारी प्रमाणित भएका सुनिलले आइतबार नै गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा भेट्ने भएका हुन् । उनका संरक्षण विकल पौडेलविरुद्ध आइतबार नै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भइसकेको छ । विकल र सुनिलमाथि मुद्दा चलाउने निर्णय एकैचोटी भएको हो । अख्तियारले विशेष अदालतमा विकलविरुद्ध मुद्दा चलाइसकको छ सुनिलको मुद्दा दर्ता गर्ने तयारीमा अख्तियार देखिन्छ ।

क्याटेगोरी : समाचार
ट्याग : #आइटी माफिया विकल पौडेल सुनिल पौडेल, #निलम्बित नेपाल टेलिकमका एमडी सुनिल पौडेल, #विकल पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com