‘कुहिएको’ चाउचाउ बेचेर धनी बनेको चौधरी ग्रुप, बालेनले लिए एक्सन


समाचार टिप्पणी

काठमाडौं । चौधरी ग्रुपद्वारा उत्पादित वाइवाइ चाउचाउ निम्म गुणस्तरको भएको काठमाडौं महानगरपालिकाले गरेको परीक्षणबाट पुष्टि भएको छ ।  काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले गुणस्तरहीन वाइवाइ चाउचाउ बेच्ने चौधरी ग्रुपलाई दुई लाख रुपैयाँ जरिवाना समेत गरेको हो । साथै ती चाउचाउ बजारबाट फिर्ता लान पनि महानगरले निर्देशन दिएको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को निर्देशनमा वाइवाइ चाउचाउको गुणस्तर परीक्षण गर्दा बजारमा निम्न गुणस्तरका चाउचाउ भेटिएको हो ।  नमूनाको प्रयोगशाला परीक्षणबाट आएको प्रतिवेदनले गुणस्तरको विवरण लेख्दै भनेको छ, खैरो रङ्गको चाउचाउमा गाढा खैरो र काला धब्बा थिए ।रिपोर्टअनुसार चाउचाउमा एसिड भ्यालु १३.९३४ mg KOH/g Oil देखिएको छ । यसको भ्यालु १ mg KOH/g Oil भन्दा बढी हुनु हुँदैन । तर चौधरी ग्रुपले कुहिएको चाउचाउ बेचेर रातारात धनी बनेको खुल्न आएको छ ।

संघीय सरकारको कृषि तथा पशुपन्छी मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग ‘बिकाउ’ बन्दा चौधरीको वाइवाइ चाउचाउ गुणस्तरहीन (कुहिएको) छ भन्न पनि बालेन नेतृत्वको महानगर सक्रिय हुनु परेको छ । संघीय निकाय निकम्मा र लाचार बन्दा जनस्वास्थ्यमाथि गम्भीर खेलबाड भइरहेको छ । तर, घुसिया र भ्रष्ट राज्य संयन्त्र अपराध कर्ममा आँखा चिम्लिरहेको पाइन्छ ।

चाउचाउलाई आफैंमा पत्रु खाना मानिन्छ । चौधरी ग्रुपले बेच्ने वाइवाइ चाउचाउ महापत्रु रहेको बालेनको संयन्त्रले पत्ता लगाएको हो । उपभोक्ताले धेरै रुचाउनेमा पर्छ वाइवाइ चाउचाउ । अब भने स्वास्थ्य जोगाउन उक्त चाउचाउलाई बाइबाइ गर्ने बेला भएको छ ।

बालेनको जस्तो इच्छाशक्ति र इमानदारिता संघीय सरकारका भएका नेतृत्वकर्ताहरुको भइदिएको भए चौधरी ग्रुपको अपराध कर्म पहिल्यै खुलिसक्थ्यो । तर, राज्य संयन्त्र निकम्मा र सेटिङमा लाग्दा डलर अर्बपति विनोदकुमार चौधरीको कम्पनीले उत्पादन गरेको अखाद्य वस्तु वाइवाइ चाउचाउ लाखौं उपभोक्ताले खान बाध्य भएका छन् । चाउचाउबाट राम्रै पैसा कमाएको चौधरी ग्रुपले उपभोक्ताको स्वास्थ्यमाथि कुन हदसम्मको लापरबाही गरेको रहेछ भन्ने बालेन नेतृत्वको महानगरले देखाइदिएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #चौधरी ग्रुप, #बालेन, #वाइवाइ चाउचाउ

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com