सिफारिसका आधारमा जुनसुकै पालिकाका अशक्त र गरिब बिरामीको निःशुल्क उपचार गर्ने बालेनको घोषणा


काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले सिफारिसका आधारमा जुनसुकै पालिकाका अशक्त र गरिब बिरामीको निःशुल्क उपचार गर्ने  घोषणा गरेका छन्  । उनले लक्षित वर्ग नि:शुल्क उपचारसम्बन्धी अनुरोध गर्दै उक्त घोषणा गरेका हुन् ।

नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौं महानगरपालिकाभित्रका अस्पतालमा निःशुल्क उपचार हुने बालेनले व्यवस्था गरेका छन् । यो अशक्त र गरिब बिरामीका लागि ठूलो राहत हुने निर्णय हो । ‘नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आउनुहोला । हामीसँग ५२ अस्पतालका ३७४ बेड आवद्ध छन् । त्यहाँ बिरामीको आवश्यकता अनुसार निशुल्क उपचार हुनेछ ।’, महानगरपालिकाले भनेको छ ।

आफ्नो टोल छिमेक वा आफन्ताहरू यो वर्गमा पर्छन् भने खबर गरिदिन समेत महानगरले आग्रह गरेको छ । सम्पर्क : नि:शुल्क टेलिफोन नं. ११८० (1180), वा काठमाडौं महानगर स्वास्थ्य विभागमा सम्पर्क गरेर उक्त सेवा लिने प्रक्रियामा समेत हुन सकिने छ ।

क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com