“फिरन्ते” कर्मचारीको स्वार्थले वीर अस्पताललाई १००० बेडको जिल्ला अस्पताल बनाउन चलखेल


काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका केही “फिरन्ते” कर्मचारी आफ्नो निहित स्वार्थका कारण न्याम्स र वीर अस्पताल अलग गर्ने खेलमा जुटेका छन् । शक्तिको उन्मादले ओतप्रोत भएका “फिरन्ते” कर्मचारीले आफू फाजिलमा बस्नु नपरोस् भनेर न्याम्सबाट वीर अलग्याउने सपना देखिरहेका छन् ।

“फिरन्ते” कर्मचारीको रुपमा काम गर्दै अतिरिक्त सचिव सम्म पुगेकाहरू नै जनताको स्वास्थ्य सेवाको केन्द्र मास्न उद्धत छन् । न्याम्सको आफ्नो छुट्टै अस्पताल नभएको खण्डमा वीर अस्पताल अलग्याएर भारत, पाकिस्तान र कस्मिरको जस्तो अवस्थामा पु¥याउन उनीहरू मरिमेटेर लागेका छन् । अधिकारीहरूले भने, छुट्याउनु परेको खण्डमा दुवाकोटमा रहेको न्याम्सको जग्गामा अस्पताल बनाएर मात्रै वीरलाई निकाल्न सुझाव दिएका छन् ।

ठिक ठाकले सेवा सञ्चालन भइरहेको अवस्थामा पनि बेला बखत गलत नियतका व्यक्ति नेतृत्वमा पुग्दा यस्ता कुरा उठ्नु नौलो भने हैन । तर, यसलाई राज्य संयन्त्रले कसरी लिन्छ भन्ने कुरा मुख्य हो । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका पुर्व पदाधिकारी  यथास्थितिमा न्याम्सबाट वीर अलग्याए सबै शैक्षिक कार्यक्रम बन्द हुने बताउँछन् । राज्यले देशभर ५, १०, १५ बेडका अस्पताल बनाउने, विशेषज्ञ चिकित्सक पु¥याउने लक्ष्य लिएको छ । राज्यको यो लक्ष्यलाई अवरोध गर्न पनि स्वास्थ्य मन्त्रालयका अधिकारीहरू न्याम्सबाट वीर अलग बनाउने दाउमा जुटेका हुन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान – न्याम्सले देशका लागि आवश्यक विशेषज्ञ चिकित्सक र स्वास्थ्य जनशक्ति उत्पादन गर्दै आएको छ । न्याम्स अन्तर्गत वीर अस्पताल सञ्चालित छ । देशका लागि चाहिने स्वास्थ्य जनशक्ति र विशेषज्ञ चिकित्सक उत्पादन गर्ने उद्देश्यले सरकारले २०५९ सालमा अध्यादेशमार्फत चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको स्थापना ग¥यो । २०६३ मा प्रतिष्ठानसम्बन्धी छुट्टै ऐन आयो । प्रतिष्ठानका लागि आफ्नै अस्पताल अनिवार्य छ । सोही अनुसार वीर अस्पताललाई आंगिक रूपमा स्थापना गरी २१ वर्षदेखि प्रतिष्ठानले नर्सिङदेखि विशेषज्ञ चिकित्सकसम्मका ६८ वटा कार्यक्रम सञ्चालन  गर्दै आइरहेको छ ।

१ हजार विद्यार्थी रहेको प्रतिष्ठानले ३ हजारभन्दा बढी विशेषज्ञ जनशक्ति उत्पादन गरिसकेको छ । यस्तो सस्था बन्द गरेर सरकारले देशभर के र कुन आधारमा विशेषज्ञ जनशक्ति परिचालन गर्छ ?

चिकित्सा शिक्षा अध्ययनअध्ययापन गर्ने शैक्षिक संस्थाको आफ्नै अस्पताल अनिवार्य हुनुपर्ने कानुनी प्रावधान छ । एक सय शय्याको आफ्नै अस्पताल नभएकै कारण पछिल्लो तीन वर्षमा ६५ वटा नर्सिङ कलेज बन्द भए । भक्तपुरको दुवाकोटमा वीर अस्पतालको ५ सय शय्याको अस्पताल नबनेसम्म अस्पताललाई प्रतिष्ठानबाट अलग गर्न सक्ने स्थिति पनि छैन । यदि गरेको अवस्थामा सबै शैक्षिक कार्यक्रम कानुन सम्वत् बन्द हुनेछन् ।

दुई निकाय अलग गर्न “फिरन्ते” अतिरिक्त सचिवहरूले भनेको जस्तो सजिलो पनि देखिदैन । यदि जोखिम मोलेर अगाडि बढेको खण्डमा सम्पतको विवाद सोचेभन्दा ठुलो देखिने छ । यो विषय अदालतसम्म पुग्ने अनुमान हामीले लगाएका छौं । अहिलेका संरचना सबै न्याम्सको नाममा रहेको छ ।

१००० बेडको अस्पतालको निर्देशक बन्न चलखेल 

न्याम्स र वीर अस्पताल अलग गर्न पाए १००० बेड अस्पतालको निर्देशक बन्न पाइन्छ भनेर केही अतिरिक्त सचिवको रुवाबासी चलेको छ । गरिब नागरिकको स्वास्थ्य उपचारलाई भन्दा निहित स्वार्थलाई केन्द्रमा राखेर बनाइएको यो एउटा खतरनाक डिजाइन हो । एउटा इमानदार र सोझो सचिवको फाइदा उठाउँदै “फिरन्ते” कर्मचारीले बनाएको यो खतरनाक डिजाइनले न्याम्स र वीर मात्र हैन सरकारनै खाने छ ।

सयौँ विशेषज्ञ चिकित्सकले दिएको सेवा जिल्ला अस्पतालमा परिणत गर्ने देखिएको छ । पूर्व उपकुलपतिहरू भन्छन् यथास्थितिमा न्याम्स र वीर अलग भएको दिनबाट वीर अस्पताल जिल्ला अस्पतालमा पुग्नेछ । दुर्गमको जिल्ला अस्पताल र वीरले दिने सेवामा त्यति धेरै फरक हुनेछैन ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com