मान्छे मार्नेलाई नक्कली लाइसेन्स दिने अख्तियारका इन्जिनियर अर्यालसँग मागियो ५ लाख धरौटी


काठमाडौं । गाडीले हानेर मान्छे मार्ने शशांक बस्याललाई नक्कली लाइसेन्स दिन मुख्य भूमिका खेल्ने अख्तियार दुरूपयोग अनुसन्धान आयोगका कम्प्युटर इन्जिनियर सुरजप्रकाश अर्यालसँग जिल्ला अदालत काठमाडौंले ५ लाख रुपैयाँ धरौटी मागेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले सोमबार दर्ता भएको उनीलगायत ७ जनाविरुद्ध लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गराएको थियो ।

जिल्ला न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले अर्यालसँग ५ लाख धरौटी मागेको छ । त्यस्तै उक्त मुद्दाका अर्का प्रतिवादी यातायात व्यवस्था कार्यालय, बुटवलका कम्प्युटर अपरेटर नारायणप्रसाद पाण्डेसँग पनि जिल्ला अदालत काठमाडौंले ५ लाख रुपैयाँ धरौटी मागेको हो ।

यातायात व्यवस्था विभागका करारका पूर्व इन्जिनियर हरिश भट्टसँग जिल्ला अदालतले २ लाख रुपैयाँ धरौटी मागेको छ । उनीविरुद्ध अर्को मुद्दामा समेत अनुसन्धान भइरहेको सिआईबीले जनाएको छ । त्यो मुद्दामा अन्य प्रतिवादीहरु भने फरार छन् ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com