डब्ल्यूएचओका पाण्डवको नियमित गन्जी जुलुस, जागिर र विदेश माेहकाे डरले बोल्दैनन् कर्मचारी


काठमाडौं । भारतीय मूलका विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का नेपाल प्रमुख डा. राजेश समबाजीराव पाण्डवको नियमित गन्जी जुलुस अझै जारी छ ।

नेपाल राज्यलाई आएको रकमबाट करोडौं रुपैयाँमा पाण्डवले नियमित गन्जी छापेर जुलुस निकाल्ने कामलाई जारी राखेका छन् । नेपालमा भारतको प्रत्यक्ष प्रभाव परेर होला डब्ल्यूएचओका पाण्डवको गतिविधि पनि सडकमा छाडिएको “साँढे”भन्दा तल्लो स्तरको देखिन्छ ।

“साँढे”ले जति बाली खाए पनि कसैले बोल्ने वाला छैन । त्यस्तै पाण्डवले नेपालमा बसेर गरेको यस्तो गन्जी जुलुस जस्ता घृणित कार्यमा बोल्ने कुनै सरकारी कर्मचारी जन्मिएको छैन ।

डब्ल्यूएचओ स्रोतबाटै पाएको जानकारी अनुसार प्रति गन्जी ५ सय रुपैयाँमा छापिएको छ । हरेक हप्ता हुने गन्जी जुलुसमा हजारौं गन्जी खर्च भइरहेका छन् । “राज्यको आँखामा छारो हाल्ने, आफ्नो पेटमा चारो हाल्ने” नियतले छापिएका हजारौँ गन्जीबाट ठूलो भ्रष्टाचार भएको छ ।

युएन एजेन्सीले जति भ्रष्टाचार गरेपनि अख्तियार नलाग्ने भएपछि त्यसको फाइदा पाण्डव र उनका आसेपासेले लिएका छन् । हरेक जिल्ला र कार्यक्रमहरूमा ५० औं जनाको उपस्थितिमा गन्जी जुलुस हुँदै आएको छ ।

विश्व स्वास्थ्य संगठनको नियम कानुनभित्र यस्तो गन्जी जुलुस नपर्ने अधिकारीहरू बताउँछन् । पाण्डवले भने डब्ल्यूएचओ नेपाललाई भारतीय दूतावास जस्तो बनाएका छन् ।

नेपालको स्वास्थ्य क्षेत्रमा एक मात्रै प्रस्ट र नियमभित्र काम गर्ने स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा. संगीता मिश्र हुन् । तर, पाण्डवले नेपालमा बसेर यस्ता ताण्डव देखाउँदासम्म उनी मौन बस्नु र कारबाही सिफारिस नगर्नुले उनको पनि यसमा मिलेमतो जस्तो देखिन्छ ।

स्वास्थ्य क्षेत्रका कुनै पनि कर्मचारी डब्ल्यूएचओको साढे प्रवृत्तिप्रति बोल्ने हिम्मत गर्दैनन् । यसको एउटै कारण विदेश जान नपाइने र भविष्यमा जागिर नदेला कि भन्ने चिन्ता। देश र जनताका लागि केही उपलब्धि गर्ने सोच बोकेर सेवामा प्रवेश गरेका कर्मचारी नभएका कारण अन्तर्राष्ट्रिय दलालहरूको हस्तक्षेप ज्यादा भएको हो ।

स्वास्थ्य सचिव बन्ने दौडमा रहेकी संगीता सचिव बन्ने या नबन्ने विषयको टुंगो पनि पाण्डवको बढ्दो ताण्डवले निर्क्योल गर्ने छ । त्यसैले उनी निरीह बनेको हुन हो कि भन्ने आशंका छ । पाण्डवको शक्ति प्रदर्शन नरोक्ने हो भने डब्ल्यूएचओ नेपालले नेपालमा सैन्य अभ्यास गर्न बेर लाउन्न ।

क्याटेगोरी : समाचार
ट्याग : ##mohp nepal, #WHO

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ