एएमआरमा लैङ्गिक भेद

पशुमा हुने एन्टिबायोटिक रेसिस्टेन्स छोरामा सर्ने जोखिम अधिक


काठमाडौँ । एएमआरमा लैङ्गिक भेद देखिए जस्तै समाजमा छोरा र छोरीलाई हेर्ने दृष्टिकोण उनिहरुलाई गर्ने व्यवहार फरक छ । अझै पनि छोरीलाई भन्दा छोरालाई बढी प्रोटिनयुक्त खानेकुरा दिइन्छ । तर, छोरीको अनुपातमा छोरालाई स्वास्थ्यका दृष्टिकोणले बढी असर गर्नेको विषयमा आमा बुबालाई जानकारीमा छैन ।

बिभिन्न अध्ययनहरुले देखाए अनुसार ७५ प्रतिशत सरुवा रोगहरू जनावरबाट मानिसमा सर्नेगर्छन् । चिकित्सकहरु भन्छन् एन्टिबायोटिक औषधिको सेवन गर्ने दरमा लैङ्गिक असमानता व्यापक देखिन्छ । उपचारमा हुने लैङ्गिक भेदभावले पशुबाट सर्ने संक्रमण र एएमआर दुवै बढाउन भूमिका खेल्दछ चिकित्सक भन्छन् ।

एएमआर विज्ञ डा सन्तोष दुलालका अनुसार पशुको उपचारमा धेरै एन्टिबायोटिक प्रयोग गरिन्छ्र । कतिपय ठाउँमा अहिले पनि छोरीलाई भन्दा छोरालाई बढी प्रोटिनयुक्त खानेकुरा दिइन्छ त्येसैले पशुमाहुने एन्टिबायोटिक रेसिस्टेन्स छोरामा सर्ने जोखिम धेरै हुन्छ ।

पुरुषहरु धेरै जसो चिकित्सकको सल्लाह बिना आफैँ औषधी किनेर खाने गर्छन् । लगेको औषधीको पुरा डोज नखाने गर्दा पनि पुरुषमा एएमआरको जोखिम बढी छ । कतिपय अवस्थामा पुरुषहरु गम्भीर बिरामी नभए सम्म स्वास्थ्य सेवालाई जरुरी ठान्दैनन् ।

डा बिबेका श्रेष्ठका अनुसार मद्यपान र धूम्रपानले पुरूषमा एएमआरको जोखिम बढाउँछ । यता समलिंगीमा पनि एन्टिबायोटिकले काम नगर्ने यौन रोगको सम्भावना बढी हुन्छ । लैंगिक तथा अल्पसंख्यक समुदायले सामाजिक कारणले उपचार सेवा लिन ढिलो गर्दा वा आफैँ औषधी किनेर खादा एएमआरको जोखिम बढी हुन्छ श्रेष्ठ भन्छिन् । त्यसैले सबै क्षेत्रमा उचित एन्टिबायोटिकको प्रयोग आवश्यक छ ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : ##AMR, ##AMR week (WAAW)

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ