म्याग्दीको सिडिओबाट तानिएका बद्री तिवारी पर्वत पुगे


काठमाडौं। म्याग्दीको प्रमुख जिल्ला अधिकारी (सिडिओ)बाट तानिएका बद्रीप्रसाद तिवारी पर्वत पुगेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गृह मन्त्रालयको जगेडामा रहेका तिवारीलाई जिल्ला समन्वय समिति पर्वतमा सरुवा गरेको हो। भिजिट भिसा प्रकरणमा अख्तियारको विस्तृत छानबिनमा रहेका तिवारी गृह जिल्लातिर लागेका छन्।

उस्तै प्रकृतिको छानबिनमा रहेका रामचन्द्र तिवारी भने अझै अध्यागमन विभागको महानिर्देशकको भूमिकामा रहेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामचन्दलाई अध्यागमनबाट हटाउन निर्देशन दिएपछि गृह मन्त्रालयले अटेर गरिरहेको छ।

सहसचिव बढुवाको मुखमा रहेका महेन्द्रकुमार सापकोटा र झनककुमार खत्री रक्षा मन्त्रालयबाट सरूवा भएका छन्। सापकोटा सल्यानको सिडिओ भएर गएका छन् भने खत्री संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा पुगेका हुन्। कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साह भोजपुर नगरपालिका सरूवा भएका छन्। विवेक घिमिरे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पदस्थापन भएका छन्। बैकुण्ठप्रसाद सापकोटा चौतारा साँगाचोकगढी नगरपालिकाबाट संघीयको अतिरिक्त समूह तानिएको छ।

पनौतीका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्मा पनि संघीयको अतिरिक्त समूहमा तानिएका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ