मन्त्रीलाई नै किरा परेको खाजा खुवाउने ‘सहसचिव’को बागमती स्विट्स!


काठमाडौं। कृषिमन्त्री गिता चौधरीलाई बागमती स्विट्सले किरा परेको खाजा खुवाएपछि हलचल मच्चिएको छ। नेपाल सरकार कै सहसचिव मिरा आचार्यका श्रीमान् इन्द्रप्रसाद घिमिरेले सञ्चालन गरेको बागमती स्विट्सले गुणस्तरहीन खाजा खुवाएपछि एक्सनमा परेको छ। सहसचिव आचार्य अहिले वैदेशिक रोजगार विभागको महानिर्देशकको भूमिकामा छिन्।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र जिल्ला प्रशासन कार्यालयले किरा परेको गुणस्तरहीन खाजा खुवाउने बागमती स्विट्सलाई सिल गरिसकेको छ। सरसफाइ तथा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी भेटिएपछि बागमती स्विट्समाथि सरकारले एक्सन लिएको हो।

वनस्पति विभागको ६६औं वार्षिकोत्सवमा आयोजित कार्यक्रममा मन्त्री चौधरीलाई दिइएको ड्राइफ्रुट्समा कीरा भेटिएपछि बागमती स्विट्समा अनुगमन भएको थियो। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र जिल्ला प्रशासन कार्यालयले संयुक्त अनुगमन गर्दा सरसफाइ तथा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी भेटिएपछि बागमती स्विट्सको उत्पादन र बिक्रीवितरणमा रोक लगाइएको हो।

विभाग र सिडिओ कार्यालयले चैत २९ गते अनुगमन गरेर ३० गते बागमती स्विट्समाथि एक्सन लिएको हो। बालेन सरकारले सहसचिव आचार्य परिवारको लगानी रहेको बागमती स्विट्सलाई नै सिल गरिदिएको छ।

सिंहदरबार र आसपासका क्षेत्रमा रहेका सरकारी कार्यालयमा त्रिपुरेश्वरको बागमती स्विट्स र अनामनगरमा रहेको किम्चीको खाजा आपूर्ति गर्न सिण्डिकेट रहेको छ। किम्ची काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन) हुँदै अखाद्य वस्तु बेचेको भन्दै कारबाहीमा परेको थियो। बालेन प्रधानमन्त्री बनेपछि बागमती स्विट्स पनि कारबाहीमा परेको हो।

बागमती स्विट्सको कर छलीको विषय समेत बेला बेलामा उठ्ने गरेको छ। पहुँच र प्रभावका भरमा बागमती स्विट्सलाई कसैले छुन सकेको थिएन। बालन सरकार आएपछि बागमती स्विट्स एक्सनमा परेको हो। सहसचिव कै परिवारले चलाएको बागमती स्विट्सले गुणस्तरहीन खाजा खुवाउनु गम्भीर विषय हो। मन्त्रीलाई किरा परेको खाजा खुवाएर सिल भएको उक्त बागमती स्विट्समाथि बालेन सरकारले गम्भीर रूपमा छानबिन गर्न जरूरी छ।

 

क्याटेगोरी : समाचार
ट्याग : #इन्द्र प्रसाद घिमिरे बागमती स्विट्स

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ