उपत्यका विकास प्राधिकरणमा बसेर भाइकाजीले जोडे साढे १० करोड बढी अकुत सम्पत्ति 


काठमाडौं। काठमाडौं उपत्यका विकास प्राधिकरणमा बसेर भाइकाजी तिवारीले १० करोड बढी अकुत सम्पत्ति जोडेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तिवारीसँग १० करोडभन्दा बढी अकुत सम्पत्ति रहेको भनेर भ्रष्टाचार मुद्दा दायर गरेको छ। तिवारीले १० करोड ५४ लाख ९५ हजार ८७१ रुपैयाँ गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो।

एक दशकभन्दा बढी समयसम्म प्राधिकरणमा बसेर राज चलाएका प्लटिङ माफिया भाइकाजीविरूद्ध ठूलो बिगो मागदाबीसहित अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ। २०४४ सालदेखि ७८ सालसम्मको अवधिमा तिवारीले गैरकानुनी रूपमा आर्जन गरेको साढे १० करोड बढी रकम जरिवान माग गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियारले भाइकाजीकी श्रीमती मिनादेवी तिवारी र छोरी मीरा तिवारीलाई समेत प्रतिवादी बनाएको छ। अख्तियारले गरेको अनुसन्धानबाट तिवारीले प्राधिकरणमा बसेर लुट्नु लुटेको खुल्न आएको हो।

क्याटेगोरी : समाचार
ट्याग : #भाइकाजी तिवारी

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ