दिपक भट्ट ‘ग्याङ’मा संलग्न आधा दर्जन बढी उच्चपदस्थहरू सम्पत्ति शुद्धीकरणको ‘राडार’मा
काठमाडौं। दिपक भट्ट र शुलभ अग्रवालको राज्य लुट्ने ‘ग्याङ’मा संलग्न भएको आरोप केही उच्च पदस्थ कर्मचारीमाथि लागेको छ। केही बहालवाला सचिव र सहसचिव नै उक्त ‘ग्याङ’मा मुछिएको पाइएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग स्रोतले बतायो।
भट्ट ‘ग्याङ’माथि अपरेशन सुरू भएपछि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव दिनेशकुमार घिमिरेदेखि आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहालसम्म सम्पत्ति शुद्धीकरणको ‘राडार’मा परेको पाइन्छ। अर्थ मन्त्रालय कै बजेट महाशाखा प्रमुख सुमन दाहाल, अर्थ मन्त्रालय कै आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश भट्टराई र सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रका प्रमुख महेश बराल सम्पत्ति शुद्धीकरणको ‘राडार’मा परेका हुन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको द्धिपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखा प्रमुख राजेश्वर ज्ञवाली, राष्ट्रपति कार्यालयका सहसचिव रितेश शाक्य, उच्च अदालत जनकपुर, राजविराज इजलाशका न्यायाधीश सुशील कोइराला (कानुन मन्त्रालयका पूर्व सहसचिव)लगायतका उच्चपदस्थहरू ठूलो संख्या सम्पत्ति शुद्धीकरणको ‘राडार’मा परेका हुन्। तरमारा उच्चपदस्थहरू भट्ट ‘ग्याङ’मा मुछिएपछि कर्मचारी प्रशासनभित्र हलचल मच्चिएको छ। बालेन सरकारले खुट्टा नकमाइ भट्ट ‘ग्याङ’बाट पालित-पोषित उच्चपदस्थमाथि निर्ममतापूर्वक अनुसन्धान गर्न आवश्यक देखिन्छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस