सुशासनका लागि आएको सरकारका पालामा पनि सहसचिवको दरबन्दीमा उपसचिव सिडिओ
काठमाडौं। सुशासनका लागि आएको बालेन सरकारका पालामा पनि सहसचिवको दरबन्दीमा उपसचिव सिडिओ कायम छन्। सहसचिवको दरबन्दी रहेको जुम्ला, अछाम र डोटीमा उपसचिव सिडिओ कायम रहेका हुन्। जुम्लामा उपसचिव दिपक पौडेल, अछाममा यज्ञबहादुर बुढा र डोटीमा कल्पना घिमिरे नेपाल सिडिओको भूमिकामा छन्।
गृह मन्त्रालयमा सहसचिव निराजन घिमिरे काम नपाएर हल्लिरहेका छन्। तर, जुम्लाको प्रमुख जिल्ला अधिकारी (सिडिओ)मा ६ महिना अघिदेखि उपसचिव दीपक पौडेलले कमाण्ड सम्हालिरहेको पाइन्छ। २०८२ मंसिर १ गते कास्कीका पौडेल जुम्लाको सिडिओमा हाजिर भएका हुन्। सहसचिवको दरबन्दीमा उपसचिव सिडिओ खटाउनु पनि प्रशासनिक बेथिति नै हो।
जुम्लामा मात्र होइन अछाम र डोटीमा पनि सहसचिवको दरबन्दीमा उपसचिव सिडिओ रहेका छन्। अछाममा उपसचिव यज्ञबहादुर बुढा र डोटीमा उपसचिव कल्पना घिमिरे नेपाल मंसिरदेखि नै सिडिओको भूमिकामा रहको पाइन्छ। घिमिरे २०८२ मंसिर १ र घिमिरे मंसिर १२ गतेदेखि प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी रहेका छन्। सहसचिवको दरबन्दी रहेका उपसचिव सिडिओ हटाएर सहसचिवलाई नै सिडिओमा खटाउन बालेन सरकारले तत्काल कदम चाल्नुपर्छ।
क्याटेगोरी : समाचारट्याग : #कल्पना घिमिरे नेपाल, #दिपक पौडेल, #यज्ञ बहादुर बुढा


तपाईको प्रतिक्रिया दिनुहोस