गृहमन्त्री गुरूङले राजीनामा दिए, सम्पत्तिका डिजी ठाकुरलाई जिम्मेवारीबाट हटाऊ
समाचार टिप्पणी
काठमाडौं। राष्ट्रिय बिचौलिया दिपक भट्टसँगको कनेक्सन देखिएपछि गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन्। भट्टको स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा गरी ५० हजार कित्ता शेयर रहेको विषयमा प्रश्न उठेपछि गृहमन्त्री गुरुङले नैतिकता आधारमा राजीनामा दिएका हुन्।
आफूसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा स्वार्थ द्वन्द्व (conflict of interest) नदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले लागू हुनेगरी गृहमन्त्री गुरुङले पदबाट राजीनामा दिएको स्पष्ट पारेका छन्। उनले मिडियाकर्मीहरूको स्वीट शेयरको विषयमा पनि नैतिकता देखाउन सक्नुपर्छ उद्घोष गरेका छन्। गृहमन्त्री गुरूङको प्रश्न अब मिडियाकर्मीतिर पनि तेर्सिएको छ।
गृहमन्त्री गुरुङले राजीनामा दिएसँगै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरमाथि पनि नैतिक प्रश्न उठेको छ। महानिर्देशक ठाकुरकी श्रीमती राखी निहारिका ठाकुरको हिमालयन रि-इन्स्युरेन्समा २० हजार कित्ता शेयर रहेको पाइन्छ। उक्त शेयर होल्डर राखी महानिर्देशक ठाकुरकी श्रीमती रहेको पुष्टि भएको हो। दिपक भट्ट र शंकर ‘ग्रुप’को सम्पत्ति शुद्धीकरण अनुसन्धान गरिरहँदा उक्त समूहसँग जोडिएका महानिर्देशक ठाकुरको पनि स्वार्थ द्वन्द्व (conflict of interest) देखिएकाले उनलाई तत्काल जिम्मेवारीबाट हटाउन आवश्यक छ।
दिपक भट्टको सम्पत्ति शुद्धीकरण अनुसन्धानमा महानिर्देशक ठाकुरले चलखेल गर्दै आएको आरोप लागेको छ। शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई हाजिरी जमानीमा छाड्नेदेखि अन्य कर्मचारीलाई जोगाउनेसम्म महानिर्देशक ठाकुरले भूमिका खेलेको आरोप लागेको हो।
दीपक भट्ट र शंकर समूहसँग सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक ठाकुरको व्यवसायिक सम्बन्ध र स्वार्थ रहेको र उनको नेतृत्वमा भइरहेको अनुसन्धान कमजोर हुने आशंका गरिएको छ। भट्ट र शंकर समूहको सेटिङमा खडा गरिएको हिमालय रि-रिइन्स्युरेन्स २० हजार कित्ता संस्थापक शेयर महानिर्देशक ठाकुरकी श्रीमती राखीको नाममा रहेकाले अनुसन्धानमा उनले खेल्ने भूमिकामाथि आशंका र प्रश्न उब्जिएको हो।


भट्टसँगै बयान लिएका आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहाललाई समेत जोगाउन ठाकुरले चलखेल गरिरहेको स्रोतले बतायो। दिपक भट्ट र शंकर समूहमाथि बलियो मुद्दा लान महानिर्देशक ठाकुरलाई हटाएर अर्को कनेक्सन नभएको सहसचिव ल्याउनु पर्ने देखिन्छ। स्वार्थ जोडिएका ठाकुरले उक्त समूहमाथि गरिरहेको अनुसन्धानमै प्रश्न उठेकाले निष्पक्ष र प्रभावकारी अनुसन्धानका लागि महानिर्देशक ठाकुरलाई हटाउनु पर्ने देखिन्छ। सुदन गुरूङको नजिरले ठाकुरलाई एकमिनेट पनि उक्त विभागको महानिर्देशकमा राख्न मिल्दैन। बालेन सरकारले निष्पक्ष र प्रभावकारी ढंगले काम गर्न सक्ने र स्वार्थ नजोडिए सहसचिवलाई तत्काल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक बनाउनु पर्छ।
ठाकुर यसअघि पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग महानिर्देशक भइसकेकाले अघिल्लो कार्यकालको काम कारबाहीको विषयमा पनि छानबिन हुनुपर्छ। सरकारले निर्ममतापूर्वक छानबिन नगर्ने हो भने कर्मचारीका परिवारका सदस्यको शेयर बढ्ने खतरा हुन्छ।


तपाईको प्रतिक्रिया दिनुहोस