विवादित सचिव साह अनिवार्य अवकाशमा, सचिव थपलिया अवकाशको मुखमा
काठमाडौं। विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव विवादित रामआधार साह ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशमा गएका छन्। २०७९ मंसिरमा सचिवमा बढुवा भएका विवादित पृष्ठभूमिका साह साढे ३ वर्ष सचिव चलाएर ५८ वर्ष पूरा भएर घर गएका हुन्। खानेपानी मन्त्रालय, नेपाल ट्रष्टको कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र जस्ता निकायमा बसेर विवादित काम गरेका सचिव साह ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशमा गएका छन्। रामआधारले अवकाश पाउदा मुलुकले ठूलो राहत महसुस गरेको चर्चा हुन थालेको छ।
राष्ट्रिय सतर्कता केन्द्रको सचिव हुँदा भक्तपुरको राधे राधेस्थित इ ‘इजी-वे’ ट्रायल सेन्टरले राजकुलो मिचेको भनेर फाइल खडा गरेक साह बहादुरीपूर्वक पछाडि हटेका थिए। महेश बस्नेत निकट ट्रायल सेन्टर सञ्चालक निर्भयबाबु प्रसाईलाई भेटेपछि उनले राजकुलोको मिचेको फाइल नै बन्द बन्द गरेको केन्द्रका कर्मचारीहरू आरोप लगाउँछन्। सम्पत्ति छानबिन गर्नुपर्ने विवादित सचिव साहले अनिवार्य अवकाश पाएका हुन्।
न्याय परिषद्का सचिवालयका सचिव जितेन्द्रबाबु थपलिया ५८ वर्ष पूरा भएर बैशाख १९ गते अनिवार्य अवकाशमा जाँदैछन्। असोजमा सचिवमा बढुवा भएका थपलिया १ वर्ष पूरा नगरी घर जान लागेका हुन्। अबको एक हप्तापछि न्याय परिषद्को सचिव पद रिक्त हुँदैछ।
क्याटेगोरी : समाचारट्याग : #जितेन्द्रबाबु थपलिया, #रामआधार साह


तपाईको प्रतिक्रिया दिनुहोस