प्रहरी परिचालन गरेपछि बल्ल फिर्ता भए अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका मोटरसाइकल


काठमाडौं। विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिले प्रहरी लगाएर मोटरसाइकल फिर्ता ल्याएको छ। समिति अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको मोटरसाइकल लिएर जाने करारका पूर्वकर्मचारीले मोटरसाइकल फिर्ता गरेका छन्। प्रहरीलाई पत्र काटेपछि सबैले सवारी साधन फिर्ता गरिसकेको समितिका कर्मचारीले जानकारी दिए।

करारको म्याद सकिएर घर गइसकेका भद्रकाली पराजुली, चीरञ्जीवी बुढाथोकी, तनबिर खाँ र सैयद मोहम्मद इमरान सरकारी नम्बर प्लेटको मोटरसाइकलमा हुँइकिदै आएका थिए। संसद् बैठक समेत चल्दै आएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा कार्यरत रहँदा उनीहरूले मोटरसाइकल लिएर गएका थिए। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जलेर ध्वस्त भएपछि उक्त ठाउँमा राजनीतिक भर्ति गरिएका कर्मचारी हटाइएको थियो। उनीहरूले लगेको मोटरसाइकल भने निकै पछाडि फिर्ता भएको छ। प्रहरीले ताकेता गरेपछि उनीहरूले मोटरसाइकल फिर्ता गरेको स्रोतले बतायो।

९५ हजार रुपैयाँ पर्ने सामसुङले मोबाइल लाने बुढाथोकीले उक्त मोबाइल भने फिर्ता गरेको पाइँदैन। उक्त मोबाइल फिर्ता ल्याउन पनि प्रहरी परिचालन गर्न जरूरी छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ