वैदेशिक रोजगार विभागमा अनुशासनहीन कर्मचारी
काठमाडौं। वैदेशिक रोजगारी विभागमा अनुशासनहीन कर्मचारी ठूलो संख्यामा देखा परेका छन्। राष्ट्रिय सतर्कता केन्द्रले गरेको छड्के अनुगमनमा तोकिएको समयमा ठूलो संख्यामा कर्मचारी अनुपस्थित रहेको पाइएको हो। तोकिएको समयभित्र नआउने २५ जना कर्मचारी रहेका छन्। विभागको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत गुनासो आइरहँदा आचरणविपरीत कार्य गर्ने कर्मचारी ठूलो संख्यामा फेला परेको हो।
कृषि विकास बैंक लिमिटेडको केन्द्रीय कार्यलयमा ५९ जना, पुरातत्त्व विभागका २५ जना, नेपाल ल क्याम्पसमा २१ जना, नेपाल कमर्स क्याम्पसका १७ जना र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका १८ जना, भूमि व्यवस्थापन तथा अभिलेख विभागमा १५ जना र हुलाक सेवा विभागमा १४ जना कर्मचारीले समय पालना नगरेको फेला परेको छ। केन्द्रको छड्केमा सहरी विकास तथा भवन निर्माण विभागका १६ जना, सहकारी विभागका ६ जना, वातावरण विभागमा ३ जना, युवा साना व्यवसायी स्वरोजगार कोषका ५ जना, राष्ट्रिय खेलकुद परिषद्का ४ जना र नेपाल टेलिकमका ३ जना कर्मचारीले समय पालना नगरेको फेला परेको हो।

राष्ट्रिय सतर्कता केन्द्रले नियमित रूपमा गरिरहेको छड्केमा अनुशासनहीन कर्मचारीको संख्या बढ्दो अवस्थामा देखिएको छ।

क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस