सहसचिवभन्दा मुनिका कर्मचारीले चार पाङ्ग्रे सवारीसाधन प्रयोग गर्न नपाउने


काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सहसचिवभन्दा मुनिका कर्मचारीलाई चारपाङ्ग्रे सवारीसाधन प्रयोगमा कडाइ गरेको छ। सहसचिवभन्दा मुनिका कर्मचारीले ठूलो संख्यामा चार पाङ्ग्रे छुट्टै सवारी साधन प्रयोग गरिरहेको भन्दै प्रधानमन्त्री कार्यालयले परिपत्र नै गरेर विवरण मागेको हो।

कानुन बमोजिम सवारीसाधन पाउनेले नपाएको र नपाउनेले दुरूपयोग गरिरहेको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ध्यानाकर्षण गराएको छ। त्यस्ता चार पाङ्ग्रे सवारीसाधन पुलमा राख्न प्रधानमन्त्री कार्यालयले अनुरोध गरेको हो।

स्वास्थ्य लाइभले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रकी लेखा अधिकृत रोशना अधिकारी, राष्ट्रिय क्षयरोग केन्द्रकी लेखा अधिकृत सुस्मिता शर्मालगायतले चार पाङ्ग्रे सवारीसाधन प्रयोग गरिरहेको समाचार समेत सम्प्रेषण गरेको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कानुन बमोजिम प्रयोग गर्न नपाउने चार पाङ्ग्रे सवारीसाधन प्रयोग नगर्न कडाई गरेको हो।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ