ईडीसीडीसहित विभिन्न महाशाखामा नेतृत्व परिवर्तन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत विभिन्न महाशाखा तथा निकायमा नेतृत्व परिवर्तन गरिएको छ। मन्त्रालयले डाक्टर अनुज भट्टचनलाई ईपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ल्याएको हो। उनको स्थान सार्क क्षयरोग केन्द्रमा डाक्टर चुमनलाल दासलाई जिम्मेवारी दिएको छ।
त्यस्तै, परिवार कल्याण महाशाखाका प्रमुख डाक्टर मदन उपाध्यायलाई सरुवा गरी नारायणी अस्पताल पठाइएको छ। स्वास्थ्य मन्त्रालयको प्रवक्ताको जिम्मेवारी यशोदा अर्याललाई दिइएको हो।
यसअघि प्रवक्ताको भूमिका निर्वाह गर्दै आएका डाक्टर प्रकाश बुढाथोकीलाई काज फिर्ता गर्दै वीर अस्पताल पठाइएको हो।मन्त्रालयले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यले जिम्मेवारी हेरफेर गरिएको जनाएको छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस