पशुपति क्षेत्र विकास कोषका अनुशासनहीन पदाधिकारी र कर्मचारी


काठमाडौं। पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र कर्मचारी अनुशासनहीन देखिएका छन्। राष्ट्रिय सतर्कता केन्द्रले हानेको छड्केमा कोषका केही पदाधिकारी र कर्मचारी कार्यालयमा नभेटिएका हुन्। केन्द्रले कोषका अनुशासनहीन पदाधिकारी र कर्मचारीको विषयमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई समेत रिपोर्टिङ गरिसकेको छ।

केन्द्रले गरेको छड्केमा कोषका १८ जना कर्मचारी कार्यालय समयमै उपस्थिति नभएको पाइएको हो। पशुपति क्षेत्र विकास कोषको काम कारबाहीको विषयमा विभिन्न टिकाटिप्पणी भइरहँदा केन्द्रले छड्के हानेको थियो। केन्द्रको छड्केमा ठूलो संख्यामा कामचोर कर्मचारी फेला परेका हुन्।

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव प्रकाशमणि शर्मा भुसाल र अन्य पदाधिकारीको काम कारबाही समेत सन्तोषजनक नरहेको टिप्पणी हुन थालेको छ। उनीहरूको विकल्प खोज्न दबाब बढ्न थालेको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ