एकनारायण ‘ग्याङ’ले रोक्न खोजेको ‘कुलिङ पिरियड’ बालेन सरकारले राखेरै छाड्यो


काठमाडौं। तत्कालीन मुख्यसचिव एकनारायण अर्यालको ‘ग्याङले’ निजामती कर्मचारीलाई अवकाशपछिको नियुक्तिमा ‘कुलिङ अफ पिरियड’ राख्न नदिन निकै चलखेल गरेका थिए। उनीहरू कै चलखेलका कारण जारी हुन लागेको निजामती कानुन ‘कोमा’मा पुगेको थियो। बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले एकनारायण ‘ग्याङ’ले कोमामा पुऱ्याएको निजामती कानुनलाई क थप उपचार गरेर बाहिर ल्याएको हो।

सरकारले सुझावका लागि सार्वजनिक गरेको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सार्वजनिक गरेको छ। उक्त विधेयकमा ‘कुलिङ अफ पिरियड’ २ वर्ष राखिएको हो। एकनारायणको ‘ग्याङ’ले जुन कारणले निजामती सेवा विधयेक ‘कोमा’मा पुगेको थियो त्यही विषय समेटेर सरकारले विधेयक सार्वजनिक गरेको हो।

‘कुलिङ अफ पिरियड’ छेडखानीमा संलग्न एकनारायण अवकाशमा गइसकेका छन्। निजामती कर्मचारीलाई ‘कलिङ अफ पिरियड’ राख्न नदिन एकनारायणको नेतृत्वमा खेलिएको देउसीभैलोमा प्रदेश सरूवा भएका शोभाकान्त पौडेल पनि सहभागी थिए। परिवार अमेरिकामा ‘सेटल’ गराइसकेका पौडेल प्रदेश नै नगइ भविष्यमा संवैधानिक नियुक्ति खान देउसीभैलोमा सहभागी भएका थिए। उक्त प्रावधान रोक्न लागिपरेको उक्त टोलीले विधेयक नै ‘कोमा’मा पुऱ्याइदिएको थियो। बालेन सरकारले उक्त विधेयकलाई ‘कोमा’बाट झिकेर दुई ‘वर्ष कुलिङ अफ पिरियड’ राखेरै सार्वजनिक गरेको छ। देउसीभैलो टोलीले तुहाइदिएको निजामती विधेयक बालेन सरकारले ब्यूँताएर ल्याएको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ