एमाले सत्ताको ‘तुजुक’ देखाएर सामान्य प्रशासन मन्त्रालय पुगेका थिए पार्वती र निता
काठमाडौं। २०८२ साउन २६ गतेको निर्णयअनुसार पार्वती शर्मा मध्यमस्तरीय करदाता कार्यालयको प्रमुखबाट बागमती प्रदेशमा सरूवा भएकी थिइन्। पार्वतीसँगै निता पोखरेल अर्यालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरूवा भएको थियो। सरूवा भएको ठाउँमा २१ दिनभित्र हाजिर भइसक्नु पर्ने कानुनी व्यवस्था रहेकोमा पार्वती र निता सरूवा भएको ठाउँमा हाजिर नै भएनन्। उल्टै २१ दिन नपुग्दै पार्वती र निता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पुगे।

२०८३ भदौं १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले पार्वती र नितालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरूवा गऱ्यो। कारण थियो एमालेबाट सामान्य प्रशासन मन्त्री बनेकी भगवती न्यौपाने। तत्कालीन अवस्थामा राष्ट्रिय सभा सदस्य रहेकी न्यौपाने केपी शर्मा ओलीको विश्वास जितेर संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेकी थिइन्। राष्ट्रियसभाको ६ वर्षे कार्यकाल सकिन ६ महिना मात्रै बाँकी छँदा तत्कालीन प्रधानमन्त्री ओलीले न्यौपानेलाई सामान्य प्रशासनमन्त्री बनाएका थिए। भगवती सामान्य प्रशासनमन्त्री भएलगत्तै एमाले निकट रहेका पार्वती र निता सरूवा बदर गर्दै सामन्य प्रशासन मन्त्रालय पुगेका थिए। भगवतीले पार्वतीलाई प्रशासन महाशाखा प्रमुख र नितालाई आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी दिएकी थिइन्।
‘जेन-जी’ आन्दोलनपछि ओली सत्ता ढलेर भगवतीको मन्त्री पद खुस्कियो। पार्वती र निताको हालिमुहाली पनि कमजोर हुने आँकलन थियो। तर, ठिक उल्टो भयो। रामेश्वर खनालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी लिएका थिए। उनको ध्यान अर्थ मन्त्रालयतिरै बढी हुने गरेको थियो। त्यसको मौका छोपेर पार्वतीले एमाले निकट कर्मचारीलाई छानीछानी राम्रो ठाउँमा व्यवस्थापन गरेको आरोप लाग्न थाल्यो। उनले आफूलाई केन्द्रमा राखेर एमाले सत्ताको झल्को दिनेगरी काम गर्न थालिन्। एमाले सत्तालाई विस्थापित गरेर निर्वाचन मार्फत आएको बालेन सरकारले प्रदेश छल्ने पार्वतीलाई मधेश प्रदेशतिर पठाइदिएको छ। गृह प्रदेश समेत रहेको मधेशमा पठाएर सरकारले उनीमाथि न्याय गरेको देखिन्छ। एमाले सत्ता तरमारेर बसेकी पार्वतीलाई प्रदेश पठाउनु यो सरकारको न्यायिक निर्णय हो। आफू सरूवा भएको ठाँउमा नजाने अनि अरूलाई सरूवा गरेर हाजिर गर्न निर्देशन दिने पार्वतीको नैतिकताले मिल्दैन थियो। नैतिक संकटमा परेकी पार्वतीलाई सरकारले उद्धार गरिदिएको हो।
एमाले सत्ताकी तरमारा सहसचिव निता पोखरेल अर्याल ४ वर्ष नयाँदिल्लीस्थित नेपाली राजदूतावासमा ‘इकोनोमिक मिनिस्टर’ बसिन्। परदेश (विदेश)बसेर तरमारेकी नितालाई सरकारले लुम्बिनी प्रदेश सरूवा गरेको छ। पूर्वस्वास्थ्य सचिव लक्ष्मण अर्यालकी श्रीमती समेत रहेकी निता कहिले पनि कमजोर कार्यालय बस्नु परेन। उनी पर्यटन मन्त्रालयबाट परराष्ट्र हुँदे दिल्ली ‘पोष्टिङ’ भएकी थिइन्। उनको गृह जिल्ला लुम्बिनी प्रदेश भएकाले सरकारले घर पायक सरूवा गरिदिएको पाइन्छ। महिला कोटाबाट सहसचिव भएकी निता लक्ष्मण अर्याल कै श्रीमती भएका कारण ४ वर्ष दिल्ली बस्न सफल भएकी हुन्।
सधैं आकर्षक कार्यालय बसेर तरमारेका पार्वती र निताको विषयलाई लिएर भावनात्मक टिप्पणी गरिरहनु जरूरी छैन। सरूवामै पक्षपाती देखिएको भनेर आलोचना खेपिरहेकी पार्वतीको काविलता पनि मधेश प्रदेशतिरै खोज्नु पर्ने देखिन्छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस