बालेन सरकारले सहसचिवभन्दा मुनिका कर्मचारीको थाल्यो गाडी खोस्न
काठमाडौं। बालेन सरकारले सहसचिवभन्दा मुनिका कर्मचारीको गाडी खोस्न थालेको छ। उपसचिव, शाखा अधिकृत, नायब सुब्बालगायतले अनधिकृत रूपमा चढ्दै आएको गाडी बालेन सरकारले खोस्न थालेको हो।
कानुनले सहसचिवभन्दा मुनिका कर्मचारीलाई गाडी सुविधा दिने व्यवस्था गरेको छैन। तर, अधिकांश उपसचिव र शाखा अधिकृतले गाडी चढ्दै आएका छन्। सिंहदरबारका केही पहुँचवाला नायब सुब्बा (नासु)ले समेत चार पाङ्ग्रे सवारीसाधन चढ्ने गरेका छन्। त्यस्ता गाडीहरू बालेन सरकारले थुत्न थालेको हो।
गृह, संघीय मामिला तथा सामान्य प्रशासनलगायतका अधिकांश मन्त्रालयका सहसचिवभन्दा मुनिका कर्मचारीको गाडीको चाबी थुतिएको छ। ति गाडीहरू पुलमा राखिएको हो। आवश्यक ठाउँमा गाडी नरहेको र अनावश्यक रूपमा अनधिकृत कर्मचारीले गाडी चढिरहेको भन्दै बालेन सरकारले त्यस्ता गाडी खोसेको हो। सहसचिवभन्दा मुनिका कर्मचारीले चढ्दै आएको गाडीको चाबी मन्त्रालयको आन्तरिक व्यवस्थापन शाखाले थुतेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विवरण पेस गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कै कार्यालय र मातहतका कार्यालय कै उपसचिवहरुले भने गाडी फिर्ता गर्न आनाकानी गरिरहेको स्रोतले बतायो।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस