धितोपत्र बोर्डपछि नेप्सेका अध्यक्ष बस्यालले दिए राजीनामा


काठमाडौं। बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार बनेपछि अर्थ मन्त्रालय मातहतका निकायमा राजीनामा दिनेको लर्को लाग्न थालेको छ। अर्थ मन्त्रालय मातहतका निकायमा बिचौलिया दिपक भट्टको प्रत्यक्ष प्रभाव रहेको नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अध्यक्षले राजीनामा दिएका छन्। नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठपछि नेप्सेका अध्यक्ष हेमनाथ बस्यालले पदबाट राजीनामा दिएका हुन्।

अध्यक्ष बस्यालसँगै नेप्सेका कार्यकारी अधिकृत (सिइओ) चूडामणि चापागाईंले पनि राजीनामा दिएका छन्। बिचौलियाको स्वार्थमा नियुक्ति खाएका उनीहरूले राजीनामा दिएर सुइँकुच्चा ठोकेका हुन्।

अर्थ मन्त्रालयतिर बिचौलियाको बढी चलखेल हुने गरेको नेपाल धितोपत्र बोर्ड र नेप्सेका अध्यक्षले मार्ग प्रशस्त गर्नुले सुधारको बाटो खुला भएको छ। अन्य राजनीतिक नियुक्ति खाएका पदाधिकारीले पनि राजीनामा दिएर मार्ग प्रशस्त गर्न जरूरी देखिन्छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ