हर्क साम्पाङका सुकुम्बासी ‘गुरू’ चाम्लिङ ५ वटा घर सुकुम्बासीका नामामा लगाउँछन् भाडामा 


काठमाडौं। हर्क साम्पाङका सुकुम्बासी राजनीतिका गुरू इन्द्रकुमार चाम्लिङ सुकुम्बासीका नाममा ५ वटा घर भाडामा लगाउँदै आएका छन्। काठमाडौं महानगरपालिका वडा नम्बर १० धोबीखोला करिडोरमा चाम्लिङले भाडाको सुकुम्बासी बस्ती नै बसाएका हुन्। चाम्लिङले ४/५ वटा घर बनाएर भाडा खाँदै आएका छन्।

धोबीखोला करिडोरमा सुकुम्बासीका नामम भाडा खान भूमाफिया चाम्लिङले बनाएको टहरा

भोजपुरबाट पञ्चायतकालमै काठमाडौं छिरेका चाम्लिङ काठमाडौं महानगरपालिका वडा नम्बर २९ अनामनगरतिरको धोबीखोला करिडोरमा बस्दै आएका थिए। दोस्रो विबाह गरेपछि उनी पारीपर्टी (देवीनगर) धोबीखोला करिडोरमा सरेका थिए। त्यहाँ १ दर्जन घर टहरा बनाएर चाम्लिङले साम्राज्य नै खडा गरे।

चाम्लिङले सार्वजनिक/सरकारी जग्गा हडपेर बनाएर ६ वटा घर/टहरा काठमाडौं महानगरपालिकाले डोजर लगाएर भत्काइदिएको थियो। तर, वडासँगको सेटिङमा भत्किएको संरचना पूर्ण रूपमा हटाइएको छैन।

चाम्लिङले सुकुम्बासी बस्तीमा मात्र ५ वटा संरचना खडा गरेर भाडा खाइरहेका छन्। हरियो रङका घरहरू सरकारी जग्गामा बनाएर चाम्लिङले भाडा खाँदै आएका छन्। भाञ्जी र नातेदार समेत सुकुम्बासीका नाममा उक्त घरमा बस्दै आएका छन्। उक्त क्षेत्रमा चाम्लिङले सरकारी जग्गामा साम्राज्य नै खडा गरेर बसेका हुन्।पहिला धोबीखोला बगेको र बगर रहेको ठाउँमा भूमाफिया चाम्लिङले संरचना खडा गरेर भाडा लगाएको पाइन्छ।

बिग मार्ट भएको आठ तले महल पनि केही भाग सरकारी जग्गा मिचेर बनाइएको हो। बिग मार्टसँगै जोडिएको अर्को घरले पनि आधा भाग सरकारी जग्गा चर्चेको छ। एमाले नेता हेमराज घिसिङसँग मिलेर भूमाफिया चाम्लिङले सरकारी जग्गामा भव्य खडा गरेका छन्। उक्त घरसँगै उनले नम्बरी जग्गामा आफू बस्ने घर बनाएका हुन्। तर, सरकारी जग्गामा टहरा बनाएर गाडी पार्किङ गर्ने गरेका छन्।

भूमाफिया चाम्लिङले सरकारी ढुंङ्गेधारा घरको कम्पाउण्डभित्र हालेर कब्जा गरेका छन्। उक्त ढुङ्गेधारा सार्वजनिक प्रयोगमा ल्याउन एक्सन लिन जरूरी छ।

हर्क साम्पाङसँगै सेतो चस्मा लगाएका भूमाफिया चाम्लिङ

बानेश्वर धोबीखोला करिडोरमा सरकारी जग्गा कब्जा गरेर साम्राज्य खडा गरेका भूमाफिया चाम्लिङको कुरा सुनेर हर्क साम्पाङ अहिले सुकुम्बासी अभियान्ता बनेका छन्। केहिले राजावादी, कहिले माओवादी, कहिले कांग्रेस, कहिले एमाले हुँदै अहिले हर्क साम्पाङसँग नजिकिएका हुन्। उनले नै सुकुम्बासी राजनीति गर्न हर्क साम्पाङलाई सिकाइरहेको चर्चा हुन थालेको छ। चाम्लिङ हर्क साम्पाङको सुकुम्बासी राजनीतिका ‘गुरू’का रूपमा परिचित हुन थालेका छन्।

भूमाफिया चाम्लिङमाथि माओवादीका पालामा २०७२ सालमा ऐलानी जग्गालाई नम्बरी बनाएको आरोप लागेको छ। मनोज श्रेष्ठले ऐलानी जग्गालाई नम्बरी बनाएको भीरको जग्गा आनाको ८ लाखमा भिडाएको तथ्य सार्वजनिक गरेका छन्। चाम्लिङले त्यो क्षेत्रमा ओगटेका र बेचेका सबै जग्गाको छानबिन गर्न आवश्यक देखिन्छ।

क्याटेगोरी : विविध
ट्याग : #भूमाफिया इन्द्र कुमार चाम्लिङ

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ