राप्ती प्रतिष्ठानसहित दाङका अतिक्रमित जग्गामा डोजर लगाउने निर्णय


काठमाडौं। जिल्ला प्रशासन कार्यालय दाङ र स्थानीय तहले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसहितका अतिक्रमित जग्गामा डोजर लगाउने निर्णय गरेको छ। दाङमा जिल्ला प्रशासन कार्यालय र प्रहरीकै जग्गा अवैध कब्जा भएको पाइएको हो।

घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, जिल्ला प्रशासन कार्यालय, राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, क्षेत्रीय प्रहरी आवासीय विद्यालय, लमही, इलाका प्रहरी कार्यालय तुलसीपुर, नेपाल संस्कृत विश्वविद्यालय, विभिन्न क्याम्पस र विद्यालय, लगायत सरकारी जग्गामा घर टहरा निर्माण वा भोगचलन गरी भएको अवैध कब्जा हटाउन सम्बन्धित कार्यालयले तत्काल कार्य थालनी गर्ने। सो कार्य सम्बन्धित स्थानीय तह, स्थानीय प्रशासन, सुरक्षा निकायहरू, मालपोत कार्यालय, नापी कार्यालयले आवश्यक सहयोग गर्ने निर्णय गरेको छ।राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, जिल्ला प्रशासन कार्यालय, राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, क्षेत्रीय प्रहरी आवासीय विद्यालय, लमही, इलाका प्रहरी कार्यालय तुलसीपुर, नेपाल संस्कृत विश्वविद्यालय, विभिन्न क्याम्पस र विद्यालय, लगायत सरकारी जग्गामा घर टहरा निर्माण वा भोगचलन गरी भएको अवैध कब्जा हटाउन सम्बन्धित कार्यालयले तत्काल कार्य थालनी गर्ने। सो कार्य सम्बन्धित स्थानीय तह, स्थानीय प्रशासन, सुरक्षा निकायहरू, मालपोत कार्यालय, नापी कार्यालयले आवश्यक सहयोग गर्ने निर्णय गरेको छ।

सरकारी /सार्वजनिक जग्गामा नयाँ अतिक्रमणलाई कडाईका साथ रोक लगाउने र अवैध कब्जा हटाउन लगत संकलन, सूचना प्रकाशन गर्ने र अन्य सरोकारवाला निकायसँग समन्वय गरी विशेष अभियान सम्बन्धित स्थानीय तहले सञ्चालन गर्ने। उपर्युक्त जग्गामा बसोबास गर्ने वास्तविक भूमिहीन सुकुम्बासीको लगत संकलन गरी वैकल्पिक व्यवस्थापनको आवश्यक व्यवस्था सम्बन्धित पालिकाले गर्ने निर्णय गरिएको हो।

सरकारी निकाय, संघ संस्था, सरकारी/सार्वजनिक, ऐलानी, पर्ति जग्गा हटाउने अभियानमा सहयोग गर्न सबै सरोकारवाला र जिल्लाबासीलाई अनुरोध समेत गरिएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ