थपलिया उच्च अदालतको न्यायाधीश बनेसँगै सिंह न्याय परिषद्को सचिवमा बढुवा हुने
काठमाडौं। अवकाशको ४ दिन अगाडि न्याय परिषद्का सचिव जीतेन्द्रबाबु थपलिया उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका छन्। न्याय परिषद्को बैठक सचिव थपलियालाई उच्च अदालतको न्यायाधीशमा नियुक्त गरेर उच्च अदालत सुर्खेत, जुम्ला इजलासमा पदस्थापन गरेको हो। थपलिया न्यायाधीश बनेसँगै गजेन्द्रबहादुर सिंह न्याय परिषद्को सचिवमा बढुवा हुनेछन्।
हाल फैसाला कार्यान्वयन निर्देशनालयको महानिर्देशक रहेका सिंह २०७४ जेठमा न्याय सेवा, न्याय समूहको सहसचिव बनेका हुन्। उनीसँगै ठगेन्द्र कट्टेल, रामप्रसाद भटृराई र बाबुराम दाहाल सहसचिव भएका थिए। न्यायतिरका वरिष्ठ सहसचिवको हैसियतमा सिंह नै सचिवमा बढुवा हुने देखिन्छ। पछिल्लो समय न्याय परिषद्मा न्याय समूहको जुनियर सचिवलाई पठाउन थालिएकाले सचिवमा बढुवा भए सिंहले नै न्याय परिषद्को सचिवको जिम्मेवारी पाउनेछन्।
थपलिया बैशाख १९ गते ५८ वर्ष लागेर अनिवार्य अवकाशमा जाँदैथिए। उनी न्यायाधीश नभइ घर गएको भए पनि न्यायतिर एक विशिष्ट श्रेणी रिक्त हुने थियो। उक्त पदमा सिंह नै बढुवा हुने थिए। तर न्याय परिषद्का सचिव थपलिया घर नगइ थप पाँच वर्ष जागिर लम्ब्याउन उच्च अदालतको न्यायाधीश बन्न सफल भएका छन्।
क्याटेगोरी : समाचारट्याग : #गजेन्द्रबहादुर सिंह, #जितेन्द्रबाबु थपलिया


तपाईको प्रतिक्रिया दिनुहोस