पशुपति क्षेत्र विकास कोषमा राजनीतिक नियुक्ति खाएकाहरूको पद धरापमा 


काठमाडौं। पशुपति क्षेत्र विकास कोषमा भएको राजनीतिक नियुक्ति धरापमा परेको छ। सरकारले पशुपति क्षेत्र विकास कोषको सञ्चालक समिति सदस्य र पदाधिकारीको नियुक्ति एकैपटक खारेज गर्न लागिएको हो। कोषमा सदस्यसचिव, कोषाध्यक्ष, कार्यकारी निर्देशक र सात सदस्यीय राजनीतिक नियुक्ति गरिएको छ। उनीहरूको पद एकैपटक धरापमा परेको चर्चा चल्न थालेको हो।

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव प्रकाशमणि शर्मा, भुसाल, कोषाध्यक्ष श्रीधर सापकोटा, कार्यकारी निर्देशक सुभाषचन्द्र जोशी रहेका छन्। केही समय अघि कोषका सदस्यसचिव भुसाल मन्त्रालयको जानकारी बिनै थाइल्याण्ड भ्रमणमा गएपछि पर्यटनमन्त्रीले स्पष्टीकरण सोधेको मन्त्रालयले स्रोतले बतायो।

पशुपति क्षेत्र विकास कोषमा रहेका ७ सदस्यमा राजु केसी भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेका छन्। उनीसहित बाबु शरण सुवेदी, रामेश्वर संगत, रेनुका पराजुली, भरतप्रसाद बडाल, शिक्षित पराजुली र हरिनाथ ढकाल सदस्य रहेका छन्। बालेन सरकारले राजनीतिक नियुक्ति एकैपटक खारेज गर्ने तयारी गरेकाले पशुपति क्षेत्र विकास कोषका पदाधिकारीको पद समेत धरापमा परेको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ