पर्यटन मन्त्रालय अन्तर्गत मात्र १७६ पदमा हुन्छ राजनीतिक नियुक्ति


काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत मात्र १७६ पदमा राजनीतिक नियुक्ति हुने गरेको छ। मन्त्रालय अन्तर्गत पशुपति क्षेत्र विकास कोषसहित १८ वटा संस्थाका १७६ पदमा राजनीतिक नियुक्ति हुने गरेको हो। १७६ पदममध्ये १५३ पदमा राजनीतिक नियुक्ति भएको देखिन्छ। २३ वटा पद भने रिक्त रहेको पाइन्छ।

पशुपति क्षेत्र विकास कोषमा १० जना, नेपाल पञ्चाङ्ग निर्णायक समितिमा ६ जना, नेपाल वायु सेवा निगममा ५ जना, तारागाउँ विकास समितिमा ३ जना, सांस्कृतिक संस्थानमा ३ जना, लुम्बिनी विकास कोषमा ११ जनाले राजनीतिक नियुक्ति पाउने गरेका छन्। त्यस्तै बौद्धनाथ क्षेत्र विकास समितिमा ७ जना, बौद्धदर्शन तथा गुम्बा विकास समितिमा १३ जना, भाषा आयोगमा ७ जना, पाटन दरबार संग्रहालय विकास समितिमा ३ जना, नेपाल पर्यटन बोर्डमा ६ जना, हनुमानढोका दरबार संग्रहालय विकास समितिमा ४ जना र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा २५ जनाले राजनीतिक नियुक्ति खाने गरेका छन्।

त्यसैगरी नेपाल प्रज्ञा प्रतिष्ठान ३५ जना, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा २५ जना, नेपाल नागरिक उड्डयन प्राधिकरणमा ४ जना, देवघाट क्षेत्र विकास समितिमा ८ जना र बहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा १ जनाले राजनीतिक नियुक्ति खाने गरेका छन्। यी राजनीतिक नियुक्तिमा बालेन सरकारले एकैपटक ‘डोजर’ लगाउने सम्भावना बढेर गएको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ