यी हुन् स्वास्थ्य मन्त्रालय अन्तर्गत राजनीतिक नियुक्ति खाने निकायहरू
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय दर्जनौं निकायमा राजनीतिक नियुक्ति हुने गरेको छ। बालेन सरकारले एकैपटक त्यस्ता राजनीतिक नियुक्ति चैट पार्ने तयारी गरेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल फार्मेसी परिषद्, नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ परिषद् र नेपाल आयुर्वेदिक चिकित्सा परिषद्मा अध्यक्ष र केही सदस्यको राजनीतिक नियुक्ति हुँदै आएको छ।
कोशी अस्पताल विकास समिति, नारायणी अस्पताल विकास समिति, भेरी अस्पताल विकास समिति, डडेल्धुरा अस्पताल विकास समिति, जीपी कोइराला श्वास प्रश्वास उपचार केन्द्र, अंग प्रत्यारोपण समन्वय समिति, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालक समिति, शुशील कोइराला प्रखर क्यान्सर अस्पताल समिति, भक्तपुर क्यान्सर अस्पताल विकास समिति र सिंहदरबार वैद्यखानामा राजनीतिक नियुक्ति हुने गरेको छ।
त्यस्तै कान्ति बाल अस्पताल विकास समिति, शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र, नरदेवी आयुर्वेदिक चिकित्सालय, स्वास्थ्य बीमा बोर्ड र रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार विकास समितिमा राजनीतिक नियुक्ति हुँदै आएको हो। उक्त नियुक्ति एकैपटक ‘चिलिम’ हुने चर्चा सुरू भएको छ।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस