आफूमाथि लगाएको आरोप निराधार: मैनाली


काठमाडौं । सहसचिव दीर्घराज मैनालीले “एमाले सत्ताका तरमारा सहसचिव मैनाली घर गए” शीर्षकमा प्रकाशित समाचारप्रति आपत्ति जनाएका छन् ।

स्वास्थ्य लाइभ अनलाइनमा आएको समाचार सामग्री भ्रामक भएको बताएका छन्। उनका अनुसार निजामती सेवामा लामो समय राष्ट्रसेवामा संलग्न रही कानुनअनुसार सेवा निवृत्त भएको व्यक्तिमाथि “तरमारा” शब्दले आफ्नो छविमा आँच पुर्‍याइएको बताएका छन्।

समाचारलाई खण्डन गर्दै उनले आफूले जिम्मेवारीअनुसार खटाइएको स्थानमा गई सेवा गरेको र इमान्दार राष्ट्रसेवकलाई बिना आधार आरोप लगाउनु निन्दनीय भएको बताएका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ