बालेन सरकार झुक्याउने भूमाफिया चाम्लिङको काइदा: लालपूर्जा भएको जग्गा देखाएर सरकारी जग्गा कर्लप्पै
काठमाडौं। सरकारभन्दा भूमाफिया जहिल्यै एककदम अगाडि हुन्छ भन्ने देवीनगरका भूमाफिया इन्द्रकुमार चाम्लिङको चरितार्थ गरेका छन्। काठमाडौं महानगरपालिका वडा नम्बर १० देवीनगर धोबीखोला करिडोरमा भूमाफिया चाम्लिङले ८ तले टावर खडा गरेका छन्। उक्त टावरको केही भाग सरकारी जग्गामा पर्छ।

नगर १० सिट नम्बर १०२-११०६-२२ कित्ता नम्बर ५७७ र १९१ को केही भाग ओगटेर उक्त टावर खडा भएको छ। कित्ता नम्बर ५७७ भूमाफिया चाम्लिङको छोरी स्वस्तिकाको नाममा रहेको छ। कित्ता नम्बर १९१ भने नेपाल सरकारको जग्ग्गा हो। उक्त जग्गाको केही भाग समेत हडपेर भूमाफिया चाम्लिङले ८ तले टावर खडा गरेका छन्। विशेष गरी टावरको भऱ्याङ र त्यो क्षेत्र १९१ नम्बरको सरकारी कित्ताभित्र पर्छ। बालेन मेयर हुँदा काठमाडौं महानगरपालिकाले गरेको रेखाङ्कनले उक्त कुरा देखाएको थियो। तर, अहिले भूमाफिया चाम्लिङले ५७७ नम्बर कित्ताको धनीपूर्जा टाँसेर १९१ कित्ता हडपेको कुरा ढाकछोप गर्ने प्रयासमा देखिन्छन्।

१९१ नम्बरको सरकारी जग्गाको केही भाग पावर र पहुँचको भरमा कब्जा गरेर भूमाफिया चाम्लिङले टावर खडा गरेका हुन्। अदालतमा जाँदा पनि उनले त्यो कुरा लुकाएको पाइन्छ। अदालतले भूमाफिया चाम्लिङको ५७७ नम्बर कित्ता जग्गा मात्र नभत्काउनु भनेको हो। १९१ नम्बरको सरकारी कित्ताको जग्गामा परेको संरचनामा डोजर हान्न भने सरकारलाई अदालतले रोक लगाएको छैन। त्यसैले बालेन सरकारले भूमाफिया चाम्लिङले १९१ नम्बर कित्तामा बनाएको भऱ्याङ्मा डोजर लगाउन सक्छ।

रावल आयोगको प्रतिवेदन हेर्दा त भूमाफिया चाम्लिङले ५७७ नम्बर कित्ता कै जग्गा दुषित दर्ता गराएको पाइन्छ। सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण गर्न गठित आयोगले २०५१ सालमै उक्त जग्गा सरकारी प्रकृतिको देखाउँछ। रावल आयोको प्रतिवेदन अनुसार बालेन सरकारले चाम्लिङले दुषित दर्ता गराएको उक्त जग्गा छानबिनका लागि तत्काल कदम चाल्नुपर्छ। उक्त जग्गा दर्ता गर्न भूमिका खेल्ने सरकारी अधिकारीलाई समेत भ्रष्टाचार मुद्दा दायर गराउन तर्फ कदम चाल्नु पर्ने देखिन्छ।

चाम्लिङले ५२४ नम्बरको कित्तामा ४०९ नम्बर कित्ताको सरकारी जग्गा हडपेर अर्को ४ तले पक्की घर बनाएका छन्। ५२४ नम्बर कित्ताको जग्गा उनको नाममा दर्ता भएपनि ४०९ नम्बर कित्ता जग्गा नेपाल सरकार कै नाममा रहेको छ। उक्त घरको आधा भाग ४०९ नम्बर कित्ताको सरकारी जग्गामा पर्छ। सरकारी कित्तामा पर्ने भाग जतिमा डोजर लगाउन आवश्यक छ।
६५ नम्बरमा रहेको भग्नावशेष संरचना पनि सरकारी जग्गामै पर्छ। उक्त ठाउँमा भूमाफिया चाम्लिङले २ तले संरचना खडा गरेका छन्।
भूमाफिया चाम्लिङ र नेकपा एमालेका नेता मिलेर १०७ नम्बरको कित्ताको सरकारी जग्गा समेत हडपेका छन्। उक्त सरकारी जग्गा मिचेर संरचना खडा गरेको काठमाडौं महानगरपालिकाले गरेको रेखाङ्कनबाटै खुलेको थियो।

चाम्लिङको हरियो घरले समेत केही भाग सरकारी जग्गा मिचेको पाइन्छ। उक्त घरको कम्पाउण्डभित्र ढुङ्गेधारा हालिएको छ। सार्वजनिक प्रयोजनका लागि प्रयोग हुनुपर्ने ढुङ्गेधारा भूमाफिया चाम्लिङले वर्षौंदेखि कब्जा गर्दै आएका छन्। त्योभन्दा अगाडि सुकुम्बासी बस्तीमा समेत भूमाफिया चाम्लिङले ४/५ वटा घर बनाएर भाडा खाँदै आएका छन्। उक्त ठाउँ भने खाली भइसकेको छ।





ट्याग : #भूमाफिया इन्द्र कुमार चाम्लिङ


तपाईको प्रतिक्रिया दिनुहोस