निसहाय सेवा सदनको जग्गामा एमाले नेता बुढाथोकीको रजगज
काठमाडौं। बानेश्वर वडा नम्बर ३१ मा निसहाय सेवा सदन बुद्धाआश्रमको जग्गामा नेकपा एमालेका नेता नानीबाबु बुढाथोकीले रजगज गरिरहेको पाइएको छ। बागमती करिडोरमा रहेको उक्त जग्गा वर्षौंदेखि एमाले नेता बुढाथोकीको कब्जामा रहेको हो।
सिट नम्बर १०२११४७२२ को कित्ता नम्बर ६२ को जग्गा निसहाय सेवा सदन बुद्धाआश्रमको नाममा रहको देखिन्छ। उक्त सदनको डेढ रोपनी जग्गामध्ये करिब ६ आना जग्गा एमाले नेता बुढाथोकीले हडपेका हुन्।
ओखलढुङ्गाबाट चुनाव लडेर पराजित समेत भएका एमालेका नेता बुढाथोकीले सदनको जग्गामा रजगज गरेको लामो समय भइसकेको छ। उक्त विषयमा पटकपटक कुरा उठ्दा पनि छाडेका छैनन्। सदनको केही जग्गा अहिले पनि बुढाथोकीको कम्पाउण्डभित्र रहेको पाइन्छ।

नेता बुढाथोकीले सदनको जग्गा हडपेको विषय उठ्दै आएपनि उनको अगाडि कोही बोल्न नसक्ने गरेको गुनासो आउने गरेको छ। कांग्रेस-एमालेकै जनप्रतिनिधिको आडमा उक्त जग्गा बुढाथोकीले कब्जा गरेका छन्। अहिले पनि उक्त जग्गा नेता बुढाथोकीको कमपाउण्डभित्रै देखिन्छ।
धोबीखोला र बागमती करिडोरमा कब्जा भएका अधिकांश जग्गा राजनीतिक दलकै आडमा हुने गरेको छ। राजनीतिक संरक्षण हुँदा ठूलो संख्यामा सरकारी सार्वजनिक जग्गा पहुँचवाला व्यक्तिले कब्जा गरेका छन्।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस