भूमाफिया चाम्लिङले भाडा खान बनाएको सुकुम्बासी बस्तीमा बालेनको डोजर
काठमाडौं। देवीनगरका भूमाफिया इन्द्रकुमार चाम्लिङले भाडा खान बनाएको सुकुम्बासी बस्तीमा बालेनको डोजर चलेको छ। भूमाफिया चाम्लिङले दशकौंदेखि सुकुम्बासीका नाममा आधा दर्जन बढी घर टहरा बनाएर भाडा खाँदै आएका थिए। उक्त ठाउँमा शनिबार बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले डोजर लगाएर क्लियर गरेको हो।
बानेश्वर देवीनगर धोबीखोला करिडोरमा भूमाफिया चाम्लिङले साम्राज्य खडा गरेका छन्। सुकुम्बासी बस्तीमा करिब आधा दर्जन र त्योभन्दा बाहिर आधा दर्जन बढी संरचना बनाएर भूमाफिया चाम्लिङले भाडा खाँदै आएका छन्। दशौं लाख भाडा उठाउँदै आएका केही संरचनामा बालेन काठमाडौं महानगरपालिका मेयर हुँदै डोजर चलेको थियो। केहीमा भने शनिबार डोजर चलेको हो। भूमाफिया चाम्लिङको साम्राज्यमा बालेनको डोजरले धमाका मच्चाएको छ।




तपाईको प्रतिक्रिया दिनुहोस