पशुपतिको क्रोनिक ‘बी-१३’ एरियाको अव्यवस्थित संरचनामा चल्यो डोजर
काठमाडौं। पशुपति क्षेत्र विकास कोषको तिलगंगामा रहेको अव्यवस्थित संरचनामा डोजर चलेको छ। पशुपतिको क्रोनिक मानिएको ‘बी-१३’ एरियाको अव्यवस्थित संरचनामा डोजर चलेको हो।
पशुपति क्षेत्रको क्रोनिक ‘बी-१३’ एरियामा जग्गाको मुआब्जा दिइसकेपनि अहिलेसम्म अव्यवस्थित संरचनामा हटाउन सकिएको थिएन। बालेन सरकार आउनेबित्तिकै क्रोनिक ‘बी-१३’ एरियाका अव्यवस्थित संरचनामा डोजर चलेको हो।
पशुपति क्षेत्रमा सबैभन्दा समस्या रहेको क्रोनिक ‘बी-१३’ एरियामा बालेन सरकारले डोजर चलाएर समाधान गरिदिएको छ। पटकपटकको प्रयास र विभिन्न राजनीतिक चलखेलले हट्न नसकेको क्रोनिक ‘बी-१३’ एरियाका अव्यवस्थित संरचनामा बालेन सरकारले डोजर चलाएको हो। उक्त क्षेत्रका अव्यवस्थित संरचनामा डोजर चलेपछि उक्त क्षेत्रलाई व्यवस्थापन गर्न सहज भएको छ।








तपाईको प्रतिक्रिया दिनुहोस