सरकारी जग्गा मिचेर भूमाफिया चाम्लिङको बनाएको ८ तले टावरमा चल्यो डोजर
काठमाडौं। देवीनगरका भूमाफिया इन्द्रकुमार चाम्लिङको सरकारी जग्गा हडपेर बनाएको ८ तले टावरमा डोजर चलेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर १० देवीनगर धोबीखोला करिडोरमा भूमाफिया चाम्लिङले ८ तले टावर खडा गरेका थिए। उक्त टावरको केही भाग सरकारी जग्गा र अरू अधिकांश भाग रावल आयोगले काटेको क्षेत्रमा पर्छ। भूमाफिया चाम्लिङले सरकारी जग्गा मिचेर ८ तले टावर बनाएका हुन्। उक्त टावरमा बालेन सरकारले डोजर लगाएको हो।
नगर १० सिट नम्बर १०२-११०६-२२ कित्ता नम्बर ५७७ र १९१ को केही भाग ओगटेर उक्त टावर खडा भएको छ। रावल आयोगमा पर्ने कित्ता नम्बर ५७७ भूमाफिया चाम्लिङको छोरी स्वस्तिकाको नाममा रहेको छ। कित्ता नम्बर १९१ भने नेपाल सरकारको जग्ग्गा हो। उक्त जग्गाको केही भाग समेत हडपेर भूमाफिया चाम्लिङले ८ तले टावर खडा गरेका छन्। विशेष गरी टावरको भऱ्याङ र त्यो क्षेत्र १९१ नम्बरको सरकारी कित्ताभित्र पर्छ। बालेन मेयर हुँदा काठमाडौं महानगरपालिकाले गरेको रेखाङ्कनले उक्त कुरा देखाएको थियो। तर, अहिले भूमाफिया चाम्लिङले ५७७ नम्बर कित्ताको धनीपूर्जा टाँसेर १९१ कित्ता हडपेको कुरा ढाकछोप गर्ने प्रयासका थिए। तर, भूमाफिया चाम्लिङको उक्त संरचनामा बालेन सरकारले डोजर लगाएरै छाडेको छ।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस