पदमुक्त भएका राजनीतिक नियुक्तिवालाको बर्खास्तीको पत्र धमाधम तयार
काठमाडौं। पदमुक्त भएका राजनीतिक नियुक्तिवालाको बर्खास्तीको पत्र धमाधम तयार भइसकेको छ। सरकारले ल्याएको ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था अध्यादेश, २०८३’मा विसं २०८२ चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारीहरु स्वतः पदमुक्त हुने व्यवस्था गरेको छ। उक्त व्यवस्था अनुसार बर्खास्त गरेको पत्र तयार भइरहेको हो।
पदमुक्त भएको पदाधिकारीलाई सम्बन्धित मन्त्रालयको सचिव वा निजले अख्तियारी दिएको अधिकारीले पदमुक्त भएको सूचना दिने उल्लेख छ। उक्त व्यवस्थालाई टेकेर विभिन्न मन्त्रालयले पदमुक्त भएको सूचना दिन पत्र तयार गरिरहेका हुन्। सिंहदरबारमा सबै मन्त्रालयका सचिव उक्त कार्यमा बिहानैदेखि जुटिरहेका छन्। १५ सय जति सार्वजनिक पदाधिकारीलाई पदमुक्तिको पत्र थमाइँदै छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस