डोजर चलेपछि यस्तो देखियो पशुपति तिलगंगाको अव्यवस्थित ‘बी-१३’ एरिया


काठमाडौं। डोजर चलेपछि पशुपति क्षेत्र विकास कोषको तिलगंगाको अव्यवस्थित ‘बी-१३’ एरिया खुलेको छ।पशुपतिको क्रोनिक मानिएको ‘बी-१३’ एरियाको अव्यवस्थित संरचनामा डोजर चलेसँग वरिपरीका मठ/ मन्दिरहरूले पनि सुरक्षित महसुस गर्न थालेका छन्। पशुपति क्षेत्रको विकृतिको केन्द्र रहेको उक्त एरियामा बालेनको डोजर सफाया गरेको हो।

लागुऔषध दुर्व्यसनीदेखि अन्य विकृतिको जड रहेको क्रोनिक ‘बी-१३’ एरियामा डोजर चलेपछि अवस्था फेरिएको छ। उक्त ठाउँ विस्तारै व्यवस्थित हुने परिस्थिति आएको हो।

पशुपति क्षेत्रमा सबैभन्दा समस्या रहेको क्रोनिक ‘बी-१३’ एरियामा बालेन सरकारले डोजर चलाएर समाधान गरिदिएको छ। पटकपटकको प्रयास र विभिन्न राजनीतिक चलखेलले हट्न नसकेको क्रोनिक ‘बी-१३’ एरियाका अव्यवस्थित संरचनामा बालेन सरकारले डोजर चलाएको हो। उक्त क्षेत्रका अव्यवस्थित संरचनामा डोजर चलेपछि उक्त क्षेत्रलाई व्यवस्थापन गर्न सहज भएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ