क्यानको महानिर्देशक बन्न प्रशासनका सहसचिव डंगोलदेखि उपसचिव जोशीसम्म प्रतिस्पर्धामा
काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को महानिर्देशक बन्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सहसचिव मुकेश डंगोलदेखि श्रम मन्त्रालयका उपसचिव प्रतिस्पर्धामा देखिएका छन्। प्रशासन सेवाका सहसचिव डंगोल र उपसचिव जोशी क्यानको डिजी बन्न प्रतिस्पर्धामा उत्रिएका हुन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले खुला प्रतिस्पर्धाबाट क्यानको महानिर्देशक नियुक्तिका लागि आवेदन मागेपछि सहसचिव डंगोल र उपसचिव जोशीले समेत प्रतिस्पर्धामा आएका छन्। त्यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौला, क्यानका उपमहानिर्देशक प्रेमनाथ ठाकुर र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौला र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त महाप्रबन्धक श्यामकिशोर साहले पनि क्यानको डिजी बन्न आवेदन दिएका हुन्।
क्यानको डिजी बन्न २१ जना प्रतिस्पर्धीमा प्रभाकरचन्द्र मल्लिक, उसवराज खरेल, प्रमोदकुमार चौधरी, मुरारीप्रसाद पौडेल, जसोदा सुवेदी, विष्णु गौतम, डा. त्रिलोचन पौडेल, देवेन्द्रप्रसाद पाण्डेय, अर्जुन बस्नेत र लक्ष्मीप्रसाद उपाध्याय रहेका छन्। त्यसैगरी उमेशकुमार पन्थी, ई. दिपेन्द्र श्रेष्ठ, ज्ञानेन्द्र भुल, सुभाष झा र सञ्जय कुमारले क्यानको डिजीमा आवेदन दिएका हुन्।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस