पलाञ्चोकमा मौलिक परम्पराविपरीतका गतिविधि भएकोमा पुरातत्त्वको चासो


काठमाडौं। काभ्रेपलाञ्चोकको ऐतिहासिक पलाञ्चोक भगवती मन्दिर(विजेश्वरी)मा मौलिक परम्पराविपरीतका गतिविधि भएको भन्दै पुरातत्व विभागले चासो राखेको छ। पाँचखाल नगरपालिका ९ पलाञ्चोकस्थित मन्दिरमा चण्डी पूर्णिमा जात्रामा भएका गतिविधिका विषयमा चासो राख्दै विभागले सोमबार पाँचखाल नगरपालिका र नौ नम्बर वडालाई पत्र लेखेर यससम्बन्धि विवरण माग गरेको हो।

चण्डी पूर्णिमाको अवसरमा आयोजित जात्रामा मन्दिरमाथि चढेर आधुनिक बत्तीहरू जडान गरिएको थियो। त्यस्तै जात्रामा उच्छृङखल नृत्यसमेत सञ्चालन गरिएको थियो। जुन घटनाको सर्वत्र आलोचना भइरहेको छ। सो विषयमा विभागले विवरण माग्दै अबदेखि मन्दिरमा नव–निर्माणका काम गर्दा पूर्वस्वीकृती लिन निर्देशन दिएको हो। विवरण प्राप्त भएपछि एक्सन लिने विभागको भनाइ छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ