आदर्शका सेटिङवाला अमृतमान निगमको कार्यकारी अध्यक्ष बन्ने दाउमा


काठमाडौं। विवादित पात्र आदर्शकुमार श्रेष्ठका सेटिङवाला अमृतमान श्रेष्ठ नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष बन्ने दाउमा रहेका छन्। आदर्श तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख स्वकीय सचिव हुँदा अमृतमानले निगमले निमित्त महाप्रबन्धकको जिम्मेवारी पाएका थिए। सञ्चालक समिति सदस्यको हैसियतमा रहेका अमृतमान आदर्श कै सेटिङमा बन्न सफल भएका थिए। राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष रहेका आदर्श र निगमका अमृतमानलाई बालेन सरकारले एकैपटक पदमुक्त गरिदिएको छ।

पदमुक्तिको पत्र प्राप्त भएलगत्तै अमृतमानले नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्य पदमा फेरि आउन आवेदन दिएका छन्। आदर्शकै शैलीमा कार्यकारी अध्यक्ष बन्ने उनको दाउ देखिन्छ।

अमृतमानसँगै ४ जना सदस्यका लागि डा. दिपकप्रसाद बाँस्तोला, लिलाराज ढकाल, गौतम पाण्डे, वेदप्रसाद उप्रेती, श्रीराम गौतम, भगीरथ प्रताप सिंह, चीरञ्जीवी उपाध्याय, मनोजकुमार श्रेष्ठ भडेल, महेश्वर भक्त श्रेष्ठ, शम्शेर पराजुली र बलराम ढकालले आवेदन दिएका छन्। निगमको सदस्य बन्नका लागि परमेश्वर दाहाल, उपेन्द्र बहादुर कार्की, विष्णु बाबु मिश्र, रूपा लामिछाने, मदनकुमार बराल, योगराज शर्मा कँडेल, अच्युतराज पहाडी, विन्दु पन्थी र प्रविन भट्टराईले आवेदन दिएका हुन्।

 

त्यस्तै मनोज भारती, मिरा पाण्डे, मोहनलाल खनाल, ऋषिराम पण्डित, डा. भीमबहादुर चन्द र राजु बहादुर केसीले निगमको सदस्यका लागि आवेदन दिएका छन्। सदस्यमध्येबाटै कार्यकारी अध्यक्ष बनाउने तयारी भएकाले निकै प्रतिस्पर्धा देखिएको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ